close

क्यानमा उपाध्यक्ष सहितका पदाधिकारी निर्विरोध

टेकपाना टेकपाना

मंसिर १०, २०७६ ८:१४

सूचना प्रविधि क्षेत्रको छाता संगठन कम्प्युटर एसोसियसन नेपाल (क्यान) महासंघमा उपाध्यक्ष लगायतका पदाधिकारीहरु निर्विरोध रुपमा चयन भएका छन् । शनिबार सम्पन्न क्यानको वार्षिक साधारणसभाबाट चयन भएका सदस्यहरु मध्येबाट वरिष्ठ उपाध्यक्ष बाहेकका सबै पदाधिकारीहरुको सर्वसम्मत रुपमा चयन गरिएको हो ।

निर्वाचन अधिकृत सञ्जिवकुमार लामाका अनुसार निर्विरोध रुपमा निर्वाचित हुने पदाधिकारीहरुमा उपाध्यक्षकाे रुपमा महिलातर्फ रत्नतारा वैद्य, व्यक्तिगत समूहमा खुशल रेग्मी, संस्थागत समूहमा रणजितकुमार पोद्धार र जिल्ला शाखातर्फ रेशम गिरी चयन भएका छन् । 

यसैगरी महासचिवमा नारायणबहादुर थापा निर्विरोध रुपमा निर्वाचित भएका छानिएका छन् भने सचिवहरुमा व्यक्तिगत समूहतर्फ रेगबहादुर भण्डारी, संस्थागत समूतर्फ राजेन्द्रप्रसाद अर्याल, वस्तुगततर्फ चिरञ्जिवि अधिकारी तथा जिल्ला शाखासमूहबाट ठाकुरकुमार श्रेष्ठ, दलबहादुर खड्का, भुपालदास श्रेष्ठ, हर्कबहादुर सेठी, दीपेन्द्रकुमार सिंह, जगनबहादुर गुरुङ र शेखरनाथ दुलाल चयन भएका छन् । यसैगरी डा. पवनकुमार शर्मा महासंघको कोषाध्यक्षमा निर्विरोध रुपमा चुिनएका छन् ।

क्यानको विधानअनुसार प्रत्यक्ष मतदान प्रकृयाबाट नवराज कुँवर यस अघि नै अध्यक्षकाे रुपमा चयन भइसकेका छन् । अब बस्ने कार्यसमितिको बैठकले उपाध्यक्षहरु मध्येबाट महासंघको वरिष्ठ उपाध्यक्षको चयन गर्नेछ । 

पछिल्लो अध्यावधिक: बैशाख ९, २०८१ ३:५३