close

ईबेकाे ई-टिकेटिङ कम्पनी स्टबहब साढे ४ खर्ब बढी मूल्यमा बिक्री

टेकपाना टेकपाना

मंसिर १०, २०७६ १०:५६

ईबेकाे ई-टिकेटिङ कम्पनी स्टबहब साढे ४ खर्ब बढी मूल्यमा बिक्री

इबेले आफ्नो इटिकेटिङ कम्पनी स्टबहब बिक्री गरेको छ । उसले विश्वकै ठूलो अनलाइन टिकेटिङकाे कारोबार गर्दै आएको आफ्नो कम्पनी ४.०५ अर्ब डलर (चार खर्ब ६३ अर्ब ४८ करोड २० लाख नेपाली रुपैयाँ बराबर) मूल्यमा भियागोगोलाई बिक्री गरेको हो । 

स्टबहबले क्रेता तथा बिक्रेतालाई खेलकुद, कन्सर्ट, थिएटर तथा अन्य प्रत्यक्ष मनोरञ्जनात्मक कार्यक्रमको टिकेट सेवा उपलब्ध गराउँदै आएको छ । ई-बे बहुराष्ट्रिय ई-कमर्स कम्पनी हो । जुन पियरे अमिदारले सन् १९९५ मा स्थापना गरेका थिए । यद्यपी स्टबहब भने इरिक बेकर र जेफ फ्लहरले सन् २००० मा स्थापना गरेका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१