close

‘राइड थ्रु सिन्धुलीगढी’मा टेलिकम

टेकपाना टेकपाना

मंसिर १०, २०७६ १५:४८

‘राइड थ्रु सिन्धुलीगढी’मा टेलिकम

नेपालभर फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरिरहेको नेपाल टेलिकमले सिन्धुलीमा पनि त्यस्तै कार्यक्रम आयोजना गरेको छ । गत मंसिर ६ गते काठमाडौंको पशुपतिनाथ परिसरबाट सुरु भएर जनकपुरमा पुगेर मंसिर ९ गते समापन भएको साइकल र्‍याली ‘राइड थु्र सिन्धुलीगढी’को माध्यमबाट कम्पनीले आफ्नो फोरजी सेवाको प्रवर्धन गरेको हो ।

सिन्धुलीमासाइकल र्‍यालीसँगै भएको सांस्कृतिक कार्यक्रमको अवसरमा कम्पनीले सर्वसाधारणलाई सिम वितरण गर्नुका साथै सेवा तथा विभिन्न छुटहरुको विषयमा समेत जानकारी गराएको हो । त्यसक्रममा सिन्धुलीको मुलकोट, खनियाखर्क, सिन्धुलीमाढी र बलेनीका स्थानीय वासीहरुलाई लक्षित गरिएको थियो ।

तत्कालीन नेपालमाथि अंग्रेज फौँजले आक्रमण गरेका बेला सिन्धुलीगढीमा सानो समूहको नेपाली सेनाले ४ हजारभन्दा बढी विदेशी सेनामाथि विजय प्राप्त गरेको सम्झनामा संवृद्ध सिन्धुली अभियानद्वारा विजय उत्सवका रुपमा हरेक वर्ष साइकल र्‍याली आयोजना हुँदै आएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले पशुपतिनाथ परिसरबाट टेलिकमको लोगो अंकित झण्डा भएको साइकल कुदाएर शुरुवात गरेको र्‍याली र सांस्कृतिक कार्यक्रममा विश्व साइकल यात्री पुष्कर शाह समेत सहभागी भएका थिए ।

कम्पनीले सहप्रायोजन गरेको साइकल र्‍यालीका क्रममा मुलकोट र सिन्धुलीमाढीमा आयोजित सांस्कृतिक कार्यक्रममा कम्पनीको स्टल राखेरै सेवा प्रवर्धन गरिएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१