close

यूएनको इन्टरनेट गभर्नेन्स फोरममा आनन्दराज खनाल पुन: नियुक्त

टेकपाना टेकपाना

मंसिर १०, २०७६ १९:७

यूएनको इन्टरनेट गभर्नेन्स फोरममा आनन्दराज खनाल पुन: नियुक्त

संयुक्त राष्ट्र संघको इन्टरनेट गभर्नेन्स फोरम (आईजीएफ) ले आफ्नो मल्टिस्टेक होल्डर एडभाइजरी ग्रुप (म्याग) को सदस्यमा नेपाल दूरसञ्चार प्राधिकरणका बरिष्ठ निर्देशक आनन्दराज खनाललाई पूनः नियुक्त गरेको छ । उनलाई संयुक्त राष्ट्र संघका महासचिवले सन् २०२० को लागी सदस्यमा नियुक्त गरेका हुन् ।

आईजीएफ संयुक्त राष्ट्र संघको सूचना प्रविधि सम्बन्धी हेर्ने निकाय हो । जसले इन्टरनेट गभर्नेन्स फोरमले इन्टरनेट प्रयोगका विषयमा नीतिगत बहस चलाउँदै आएको छ । यसले इन्टरनेटको व्यवसायिकता, प्राविधिक विकास र सामाजिक प्रशासनिक विकासको विषयमा छलफल गरी इन्टरनेट विकास र प्रवर्द्धनका लागि संयुक्त राष्ट्र संघका महासचिवलाई सुझाव दिने गर्छ ।

यसअघि आईजिएफले खनाललाई सन् २०१९ को सदस्यमा पहिलो पटक नियुक्त गरेको थियो । उनी म्यागको सदस्यता प्राप्त गर्ने पहिलो र एकमात्र नेपाली हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१