close

साग अन्तरगतका भलिबल खेलको लाईभ एक्सन स्पोर्टस्‌मा

टेकपाना टेकपाना

मंसिर ११, २०७६ १२:४३

साग अन्तरगतका भलिबल खेलको लाईभ एक्सन स्पोर्टस्‌मा

नेपालकै पहिलो र एक मात्र स्पोर्टस च्यानल एक्सन स्पोर्टस् मा १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको भलिबल खेलको प्रत्यक्ष प्रसारण हुने भएको छ । साग अन्तर्गत मंसिर ११ गते देखी १७ गते सम्म नेपालमा हुने भलिबल प्रतियोगिताका सम्पुर्ण खेलहरु डिशहोेमको एक्सन स्पोर्टस च्यानल नम्बर १०५ एसडी र च्यानल नम्बर ९९१ एचडीमा प्रत्यक्ष प्रसारण हुने भएकाे हो ।

‘नेपालले खेल्छ, नेपालीले हेर्छ’ भन्ने मुख्य नाराका साथ प्रसारण भईरहेको एक्सन स्पोर्टस च्यानलले आफ्नो स्थापनाकालदेखि नै नेपालमा आयोजना हुने हरेक खेलहरु लाई नेपाली दर्शक माझ पुर्‍याउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१