close

फाईभजी सपोर्ट गर्ने साओमीको स्मार्टफोन रेड्मी के थर्टी सार्वजनिक हुँदै

टेकपाना टेकपाना

मंसिर १२, २०७६ ७:५१

फाईभजी सपोर्ट गर्ने साओमीको स्मार्टफोन रेड्मी के थर्टी सार्वजनिक हुँदै

विश्व बजारमा केही समय अघि मात्रै रेड्मी के २० र के २० प्रो सार्वजनिक गरेको साओमीले रेडमी के ३० मा काम गरिरहेको छ । यतिसम्म कि, कम्पनीले के ३० स्मार्टफोनमा हुने केही महत्वपूर्ण फिचर्सको बारेमा समेत सार्वजनिक गरेको छ ।

साओमीका सञ्चालक तथा कार्यकारी निर्देशकले केही समय अघि यो वर्षको अन्त्यसम्म के ३० स्मार्टफोन सार्वजनिक गर्ने बताएका थिए । नभन्दै त्यस्तै हुने भएको छ । रेड्मीका प्रबन्ध निर्देशक लु वेविङले रेड्मी के ३० सार्वजनिक हुने मिति आधिकारिक रुपमै घोषणा गरेका छन् । उनका अनुसार आउँदो डिसेम्बर १० देखि कम्पनीको फ्ल्यागशिप स्मार्टफोन के ३० विश्व बजारमा आउनेछ ।

पहिलो चरणमा यो स्मार्टफोन कम्पनीले आफ्नो स्वदेशी बजार चीनमा सार्वजनिक गर्नेछ । कम्पनीका अनुसार डिसेम्बर १० मा के ३० को मात्रै सार्वजनिक हुने छ, भने के ३० प्रो आगामी बर्षमात्रै बजारमा आउनेछ ।

के ३० मा ड्युअल मोड फाइभजी सर्पोट गर्नेछ । ड्युअल मोड फाइभजी सर्पोट गर्ने कम्पनीकै पहिलो स्मार्टफोन पनि हुनेछ । अहिलेसम्म आएको जानकारी अनुसार यो समार्टफोन पञ्च–होल डिस्प्लेका साथ बजारमा आउनेछ । ६.६६ इन्चको डिस्प्ले हुने भनिएको स्मार्टफोनमा ३० वाटको फास्ट चार्जिङ प्रविधि समावेश छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१