close

निर्मलमणि अधिकारीको ‘सञ्चार सिद्धान्तीकरण’ लोकार्पण

टेकपाना टेकपाना

मंसिर ११, २०७६ १७:५५

निर्मलमणि अधिकारीको ‘सञ्चार सिद्धान्तीकरण’ लोकार्पण

काठमाडौं विश्वविद्यालयका सह प्राध्यापक डा. निर्मलमणि अधिकारीको ४५ औं पुस्तक ‘सञ्चार सिद्धान्तीकरण’ लोकार्पण भएको छ । बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा प्रा.रामकृष्ण रेग्मी, डा. पीयूष मिश्र र श्रीराम सिंह बस्नेतले संयुक्त रुपममा उक्त पुस्तकको लोकार्पण गरेका हुन्।

समारोहमा सञ्चार क्षेत्रका प्रवुद्ध व्यक्तित्व प्राध्यापक रामकृष्ण रेग्मी, डा. पीयूष मिश्र र श्रीराम सिंह बस्नेतलाई सम्मान गरिएको छ । समारोहलाई सम्बोधन गर्दै प्राध्यापक रेग्मीले नेपाल ज्ञान परम्परामा अग्रणी रहेको उल्लेख गर्दै मौलिक सञ्चारमा सिद्धान्तीकरणको पुस्तक आउनु नेपाली प्राज्ञिक क्षेत्रको लागि महत्वपूर्ण भएको बताए । विदेशी भाषामा विदेशी सिद्धान्तमात्रै बहस भइरहेको अवस्थामा नेपालबाट अभिनिर्मित सिद्धान्तले विदेशमा पनि चर्चा पाउनु खुसीको कुरा भएको उनको भनाई थियो ।

पुस्तकका लेखक डा. अधिकारीले विद्यार्थीकालदेखि सञ्चार क्षेत्रमा सक्रिय रहेको अनुभव साट्दै स्नातकोत्तर तहमा आमसञ्चारको अध्ययन गर्ने निर्णय महत्वपूर्ण भएको बताए । उनका अनुसार स्नातकोत्तर तहबाट सुरु भएको सञ्चार क्षेत्रको प्राज्ञिक कार्यको निरन्तरता स्वरुप ‘सञ्चार सिद्धान्तीकरण’ पुस्तक प्रकाशित भएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१