close

निष्कृय अकाउन्ट हटाउँदै ट्वीटर, कतै तपाईंको पो पर्छ कि ?

टेकपाना टेकपाना

मंसिर ११, २०७६ १९:२५

निष्कृय अकाउन्ट हटाउँदै ट्वीटर, कतै तपाईंको पो पर्छ कि ?

सामाजिक सञ्चाल ट्विटरले लामो समयदेखी निष्कृय रहेका अकाउण्ट हटाउने भएको छ । निष्कृय रहेका एकाण्टहरुलाई मंगलबार इमेल गर्दै ट्वीटरले ६ महिना देखी निष्कृय अकाउण्ट डिलिट गर्ने जनाएको हो ।

ट्वीटरको यो कदमलाई आजसम्मकै सबैभन्दा उत्कृष्ट निर्णयको रुपमा लिइएको छ। लामो समयदेखी निष्कृय रहेका अकाउण्टले कम्पनीको पछिल्लो सर्त तथा बन्देज पालना नगर्ने भन्दै ट्विटरले यो कदम चालेको स्पष्ट पारेको छ ।

यो सँगै कतिपय युजरनेम खाली हुने भएका छन् । यदि कसैले खोजेको युजरनेममा अर्कैले ट्वीटर खोली सकेको र उक्त अकाउण्ट लामो समयदेखी प्रयोगमा नभएको अवस्थामा अब उक्त युजरनेम पाउन सकिने सम्भावना बढेको छ । ट्वीटरका अनुसार आगामी डिसेम्बर ११ देखि निष्कृय अकाण्ट हटाउन थालिनेछ ।

‘ट्वीटर प्रयोगकर्ताको आग्रहमा हामीले निष्कृय रहेका अकाउण्ट डिलिट गर्ने कार्य शुरु गरेका हौं,’ ट्वीटरका प्रवक्ताले भनेका छन्, ‘यसले ट्विटरलाई थप विश्वसनीय र प्रभावकारी बनाउन मद्धत पुग्ने विश्वास कम्पनीले लिएको छ ।’

यो प्रक्रिया निरन्तर चलिरहेने ट्वीटरले जनाएको छ । त्यसमा डिसेम्बर १२ तारीकमा सबैभन्दा बढी अकाउण्ट डिलिट हुनेछन् । तर, ट्वीटरले यसरी डिलिट गरिने युजरनेम कहिलेबाट सार्वजनिक रुपमा उपलब्ध गराउँछ भन्ने विषयमा भने खुलाएको छैन ।

ट्वीटरले चालेको यो कदमले प्रयोगकर्तालाई ट्वीटरमा थप सक्रिय बनाउने देखिन्छ । यस्तो कदम यसअघि याहुले पनि चालेको थियो । याहुले आफ्नो इमेल प्रयोगकर्तालाई पनि आफ्नो अकाण्ट सक्रिय राख्न भनेको थियो । यदी तपाईंले पनि विगत ६ महिनादेखी आफ्नो ट्विटर एकाउण्ट चालाउनु भएको छैन भने डिलिट हुनबाट जोगाउन तत्कालै चलाउनु पर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१