close

‘खल्ती’बाट एनसेलको रिचार्ज गर्दा १ जीबीसम्म डेटा, २ प्रतिशत क्यास ब्याक

टेकपाना टेकपाना

मंसिर १२, २०७६ १५:२९

‘खल्ती’बाट एनसेलको रिचार्ज गर्दा १ जीबीसम्म डेटा, २ प्रतिशत क्यास ब्याक

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले खल्तीसँगको सहकार्यमा नयाँ रिचार्ज योजना ल्याएको छ । यस योजनामा ग्राहकले खल्ती मोबाइल वालेटमार्फत रिचार्ज गर्दा एक जीबीसम्म डेटा र दुई प्रतिशत क्यास ब्याक प्राप्त गर्नेछन् ।

एनसेलका अनुसार खल्ती वालेट प्रयोग गरी रिचार्ज गर्दा ग्राहकले रिचार्ज रकमको आधारमा निःशुल्क रुपमा एक सय एमबीदेखी एक जीबीसम्म डेटा प्राप्त गर्नेछन् ।

खल्ती वालेटमार्फत सय रुपैयाँ रिचार्ज गर्दा एनसेलका ग्राहकले एक दिनसम्म चलाउन मिल्ने गरी सय एमबी मोबाइल डेटा नि‍ःशुल्क रुपमा प्राप्त गर्नेछन् । त्यस्तै, दुई सयको रिचार्जमा दुई दिन प्रयोग गर्न मिल्ने गरी दुई सय एमबी, तीन सय रिचार्जमा तीन दिनसम्म प्रयोग गर्न सकिने तीन सय एमबी डेटा निःशुल्क प्राप्त हुने कम्पनीले जनाएको छ ।

यसैगरी पाँच सयको रिचार्जमा पाँच सय एमबी डेटा निःशूल्क प्राप्त हुनेछ । जुन पाँच दिनसम्म प्रयोग गर्न सकिनेछ । हजार रुपैयाँको रिचार्जमा १० दिनसम्म प्रयोग गर्न मिल्ने गरी एक जिबी डेटा प्राप्त हुनेछ । त्यतिमात्रै नभएर कम्पनीले हरेक रिचार्जमा दुई प्रतिशत क्यास ब्याक पनि प्रदान गर्ने जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१