close

राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्दा टेलिकमको सिम सित्तैमा

टेकपाना टेकपाना

मंसिर १२, २०७६ १७:२९

राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्दा टेलिकमको सिम सित्तैमा

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा खाता खोल्दा निःशूल्क रुपमा नेपाल टेलिकमको सिम कार्ड प्राप्त हुने भएको छ । त्यसका लागि नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) र बैंक बिच बिहीबार सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दूरसञ्चार कम्पनीका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात हालसम्म सिमकार्ड नलिएका बैंकमा नयाँ खाता खोल्ने ग्राहकहरुलाई नेपाल टेलिकमको जिएसएम सिमकार्ड निःशुल्क रुपमा उपलब्ध गराउने छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले यो सहकार्यले प्रतिस्पर्धी रुपमा सेवा प्रदान गर्न थप उर्जा मिल्ने बताए । उनले आगामी दिनमा दुई ठूला सरकारी संस्थाहरुले अन्य क्षेत्रमा पनि सहकार्य गरेर जान सकिने उल्लेख गरे । टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले यो व्यवसायिक सहकार्यबाट समाजलाई फाईदा पुग्ने उल्लेख गरे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१