close

यी हुन् एनसेलको रिचार्जमा दुई लाख जित्ने भाग्यशाली ग्राहक

टेकपाना टेकपाना

मंसिर १३, २०७६ ९:१३

यी हुन् एनसेलको रिचार्जमा दुई लाख जित्ने भाग्यशाली  ग्राहक

एनसेल प्राईभेट लिमिटेडले आफ्नो नयाँ योजना ‘रिचार्जमा चमत्कार’ अफर अन्तर्गत पहिलो हप्ताका पाँच भाग्यशाली ग्राहकलाई पुरस्कार वितरण सुरु गरेको छ ।

जसमध्येका दुई ग्राहकहरुलाई बिहीबार (मंसिर १२) जनही २ लाख रुपैयाँ नगद वितरण गरिएको कम्पनीले जनाएको छ । आफ्नो कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत एनसेलले मंसिर १ देखि ‘रिचार्जमा चमत्कार’ अफर संचालन गर्दै आएको छ । यस योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता दुई लाख रुपैयाँ र प्रत्येक महिना १० लाख रुपैयाँ जित्ने मौका पाउँछन् ।

योजनाको पहिलो हप्ताका पाँच विजेता ग्राहकहरु मध्ये बाँकी ग्राहकहरुले आवश्यक प्रमणिकरणको प्रक्रिया पश्चात पायक पर्ने नजिकैको एनसेल सेन्टर तथा काठमाडौंबाट पुरस्कार ग्रहण गर्न सक्नेछन् ।

पहिलो हप्ताका पाँच विजयी मध्येका एक छिन्चु, सुर्खेतकी मोतिसरा दमाईले एनसेलको सुर्खेतस्थित एनसेल सेन्टरबाट नगद २ लाख रुपैयाँ पुरस्कार बिहीबार एक कार्यक्रम माझ ग्रहण गरेकी छिन् । त्यसैगरी एनसेल सेन्टर वीरगंजबाट बाराका मनोज कुमार यादवले साेही बराबरकाे रकम बिहीबार नै ग्रहण गरेका छन् ।

यो रकमले म गाउँमा एउटा सानो घडेरी जोड्छु,” पुरस्कार ग्रहण गरी सकेपछि खुसी हुँदै मोतिसराले भनिन् । त्यस्तैगरी बाराका मनोजले यो रकम आफ्नो बच्चाको शिक्षाका लागि लगानी गर्ने बताए ।

एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा रु १०० वा यस भन्दा बढिको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन् । आइतबार देखि शनिबारको साप्ताहिक चक्रमा यो योजनामा संचालन भईरहेको छ र योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१