close

दैनिक भित्रिन्छन् १६ हजार मोबाइल, चार महिनामै ८ अर्बकाे आयात

टेकपाना टेकपाना

मंसिर १४, २०७६ ११:३७

दैनिक भित्रिन्छन् १६ हजार मोबाइल, चार महिनामै ८ अर्बकाे आयात

नेपालमा दैनिक औषत साढे १६ हजार थान मोबाइल सेट भित्रिने गरेका छन् । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको सुरु चार महिनाको तथ्यांक अनुसार दैनिक औषतमा साढे १६ हजार मोबाइल सेट नेपाल भित्रिने गरेको देखिएको हो ।

विभागले सार्वजनिक गरेको कात्तिकसम्मको तथ्याङ्क अनुसार आठ अर्ब ६२ करोड २१ लाख बराबरका २० लाख एक सय सात मोबाइल सेट विभिन्न देशबाट नेपाल भित्रिएका छन् । कात्तिकमा मात्रै तीन लाख ७६ हजार तीन सय १२ ओटा मोबाइल सेट आयात भएको देखिन्छ ।

गत वर्षको तुलनामा यो वर्ष मोबाइल आयातमा उल्लेख्य वृद्धि भएको छ । चालू आवको पहिलो चार महिनामा भएको मोबाइल आयात गत आवको सोही अवधिको भन्दा ३ लाख ६५ हजार ९ सय २८ थानले बढी हो ।
विभागका अनुसार समीक्षा अवधिमा सबैभन्दा धेरै मोबाइल चीनबाट आयात भएका छन् ।

चीनबाटमात्रै १५ लाख ८८ हजार एक सय ७ ओटा मोबाइल भित्रिएको विभागको तथ्याङ्‍क छ । जसका लागि चार अवर्ब ३६ करोड रुपैयाँ खर्च भएको छ । चीनम उत्पादित हुवावे, साओमी, ओप्पो, वनप्लस, भीभोलगायतका ब्राण्डका मोबाइल नेपालमा बढी प्रचलनमा छन् । साथै अन्य कम्पनीका मोबाइल पनि चीनमा एसेम्बल हुने भएकाले पनि सबैभन्दा बढी त्यतैबाट आयात हुने व्यवसायी बताउँछन् ।

तथ्याङ्क अनुसार चीन पछि नेपालमा सबैभन्दा बढी मोबाइल भित्रिने देशमा भारत रहेको छ । भारतबाट यो चार महिनाको अवधिमा तीन अर्ब ७४ करोड रुपैयाँका तीन लाख ४४ अजार ८ सय १६ मोबाइल सेट आयात भएका छन् । भियतनामबाट यो अवधिमा ५० करोड ८४ लाख मूल्य बराबरको ६६ हजार ७ सय ३८ थान मोबाइल आयात भएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१