close

प्रधानमन्त्रीलाई वेबसाइटबाटै यसरी पठाउनुहोस् शुभेच्छा

टेकपाना टेकपाना

मंसिर १४, २०७६ १२:३०

प्रधानमन्त्रीलाई वेबसाइटबाटै यसरी पठाउनुहोस् शुभेच्छा

देशको कार्यकारी प्रमुखको रुपमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा पछिल्लो समय उतारचढाव आइरहेको छ । निश्चय पनि उनको स्वास्थ्य अवस्थालाई लिएर समग्र जनतामा एक किसिमको निराशा र चिन्ता व्याप्त रहेको पनि देखिन्छ।

यस्तो अवस्थामा प्रधानमन्त्रीलाई भेटेरै सुभेच्छा प्रकट गर्न चाहने सुभेच्छुकहरु थुप्रै छन् । तर विविध किसिमका व्यवहारिक कारणले त्यो सम्भव पनि हुन सकिरहेको छैन । यसै विषयलाई मध्यनजर गर्दै प्रधानमन्त्री ओलीको सचिवालयले अनलाइनबाटै सुभेच्छा व्यक्त गर्ने व्यवस्था मिलाएको छ ।

यदी तपाई‌ं पनि प्रधानमन्त्रीलाई स्वास्थ्य लाभको कामना र सुभेच्छा प्रकट गर्न चाहनुहुन्छ भने उनको वेबसाइटमा जान सक्नुहुनेछ । त्यसका लागि यहाँ क्लिक गर्नुहोस् । अब तपाईं प्रधानमन्त्री ओलीको वेबसाइटमा पुग्नु भयाे । त्यसमा एउटा स्क्रोल गर्नु भयो भने बाँया पट्टी सुभेच्छा पोष्टहरु देख्नुहुनेछ ।

त्यहाँ सिरानीमा रहेको ‘पोष्ट’ लेखिएको ठाउँमा क्लिक गर्नुहोस् । त्यसपछि एउटा डाइलग बक्स खुल्नेछ । जसमा तपाईंले नाम, आवद्ध संस्था, फोन नम्बर सहितको आफ्नो व्यक्तिगत विवरण भरी त्यसैको अन्तिममा रहेको ‘सबमिट’ बटन थिचेर सुभेच्छा सन्देश पठाउन सक्नुहुनेछ । यद्यपी त्यसभन्दा थोरै माथि रहेको क्याप्चालाई मिलाएर मुनितिरको बक्समा टाइप गर्न भने नभुल्नुहोला । यसको मतलव छ्यासमिस रुपमा दिइएको अंग्रेजी अक्षरलाई जस्ताको त्यस्तै मिलाएर टाइप गर्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१