close

थ्रीजी र फोरजीभन्दा छोटो समयमा फाइभजी विस्तार हुने

टेकपाना टेकपाना

मंसिर १६, २०७६ १४:५७

थ्रीजी र फोरजीभन्दा छोटो समयमा फाइभजी विस्तार हुने

थ्रीजी र फोरजीभन्दा छोटो अवधिमा फाइभजी विश्वव्यापापी रुपमा विस्तार हुने उल्लेख गरिएको छ । हुवावेले भर्खरैमात्रै सार्वजनिक गरेको ‘ग्लोवल कनेक्टीभिटी इन्डेक्स’ का अनुसार फाइभजीको विस्तार अन्य मोबाइल नेटर्वको तुलनमा तिव्र रुपमा हुनेछ ।

हुवावेले सार्वजनिक गरेको उक्त प्रतिवेदनका अनुसार सन् २०२३ सम्म विश्वका १० प्रतिशत जनसंख्याको पहुँचमा फाइभजी नेटवर्क पुग्नेछ । थ्रीजी र फोरजीको लागि लागेको समय भन्दा कम हो । प्रतिवेदनका अनुसार थ्रीजीको पहुँच विश्वको १० प्रतिशत जनसंख्यामा पुग्न ७ वर्ष लागेको थियो । सन् २००२ बाट सुरु भएको थ्रीजी मोबाइल नेटवर्क सन् २००९ मामात्रै विश्वको १० प्रतिशत जनसंख्याको पुहँचमा पुगेको उल्लेख गरिएको छ ।

त्यस्तै फोरजीलाई विश्वको १० प्रतिशत जनसंख्यामा पुग्न ६ वर्ष लागेको थियो । प्रतिवेदनका अनुसार सन् २००८ बाट विश्वमा फोरजी मोबाइल नेटवर्कको सुरुवात भएको हो । सुरु भएको ६ वर्ष अर्थात सन् २०२४ मा विश्वका १० प्रतिशत जनसंख्यामा फोरजी नेटवर्कको पहुँच पुगेको थियो ।

थ्रीजीको तुलनामा फोरजीलाई उक्त श्रेणी पार गर्न एक वर्ष कम समय लागेको भएतापनि फाइभजी अझ छोटो समयमा विस्तार हुने प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार फाइभजीलाई उक्त श्रेणी पार गर्न जम्मा चार वर्षमात्रै लाग्ने छ ।

यति छोटो समयमा फाइभजी नेटवर्क विस्तार हुनेको प्रमुखकारण प्रविधिको उपलब्धतालाई लिइएको छ । प्रतिवेदनका अनुसार थ्रीजी र फोरजी मोबाइल नेटवर्क सुरुहुँदा भन्दा फाइभजी नेटवर्क सुरु हुँदा झन्डै ४० भन्दा बढी फाइभजी सपोर्ट गर्ने डिभाइस निमार्ण भइसकेका छन् । त्यसमध्यपनि फाइभजी सपोर्टगर्ने स्मार्टफोन सन् २०१९ बाटै बजारमा आइसकेको छ ।

साथै, फाइभजीका लागि सेमिकन्डक्टर डिभाइस र राउटहरु बजारमा उपलब्ध भएका छन् । फाइभजीको व्यवसायीक सुरुवात नहुँदै त्यसलाई सपोर्टगर्ने डिभाइस बजारमा उपलब्ध हुनु यो नेटवर्कको सहज पक्ष भएको प्रतिवेदनमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३