close

एन्ड्रोइडमा खतरनाक सुरक्षा कमजोरी, प्रयोगकर्ताको बैंक खातासम्म ह्याकरको पहुँच

टेकपाना टेकपाना

मंसिर १८, २०७६ १७:२

एन्ड्रोइडमा खतरनाक सुरक्षा कमजोरी, प्रयोगकर्ताको बैंक खातासम्म ह्याकरको पहुँच

एन्ड्रोइड मोबाइल प्रयोगकर्ताको बैंक खातमा ह्याकरले अनधिकृत पहुँच पाइरहेको तथ्य सार्वजनिक भएको छ । गुगल प्ले स्टोर एन्ड्रोइडमा देखिएको सुरक्षा कमजोरीका कारण ह्याकरले एन्ड्रोइडमार्फत प्रयोगकर्ताको बैंकको युजर नेम र पासवर्ड लगायतका महत्वपूर्ण जानकारी हात पार्न सफल भएकाे बताइएको छ ।

एन्ड्रोइमा पाइएको ‘बग’ का कारण ह्याकरले नक्कली लगइन स्क्रिन बनाएर त्यसलाई बैंकको एपमा राखि प्रयोगकर्ताको बैंक खातामा पहुँच पाएको उल्लेख छ । जसको निसानामा ६० भन्दा बढी बैंक रहेका छन् । गुगलले हाल यो विषयमा अध्ययन भइरहेको जनाएको छ ।

‘यसले विभिन्न बैंकलाई निशाना बनाएको छ,’ नर्वेजियन मोबाइल सेक्युरीटी फर्म ‘प्रोमुन’ का प्रमुख टेक्नोलोजी अफिसर टम ह्यानसेनले भनेका छन, ‘जसमार्फत ह्याकरले पैसा निकाल्न सक्ने जोखिम छ ।’ ह्यानसेनले नै गुगलको यो सुरक्षा कमजोरी पत्ता लगाएका हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३