close

रारामा पुग्यो टेलिकमको फोरजी

टेकपाना टेकपाना

मंसिर १९, २०७६ १५:५२

रारामा पुग्यो टेलिकमको फोरजी

पहिलो पटक मुगुको पर्यटकीय क्षेत्र रारामा फोरजी/एलटीई सेवा सञ्चालनमा आएको छ । नेपाल टेलिकमले बिहिबारबाट उक्त स्थानमा फोरजी सेवा सञ्चालनमा ल्याएको हो ।

देशभर फोरजी विस्तारकाे क्रममा रहेकाे टेलिकमले बिहिबारबाट रारामा फोरजी सेवा सञ्चालनमा आएको जनाएकाे छ । टेलिकमका अनुसार पर्यटकलाई लक्षित गरी उक्त स्थानमा फोरजी सेवाको पुर्‍याइएको हो ।

सरकारले आउँदो वर्षलाई पर्यटन वर्षको रुपमा मनाउने तयारी गरेको छ । पर्यटन वर्ष २०२० मा २० लाख विदेशी पर्यटन नेपाल भित्र्याउने सरकारको योजना छ । सरकारले अघि बढाएको पर्यटन वर्षलाई सघाउ पुर्‍याउनकै लागि समेत पर्यटकीय क्षेत्र रारामा फोरजी सेवा विस्तार गरिएको टेलिकमले जनाएको छ ।

फोरजी सेवा विस्तार भएसँगै देशेको विकट जिल्ला मुगुका बासिन्दाले पनि उच्च गतिको मोबाइल इन्टरनेट सेवा प्रयोग गर्न पाउने भएको छन् । जसमार्फत उनीहरुको जिवनस्तर उकास्न समेत मद्धत पुग्ने विश्वास टेलिकमले लिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३