close

अर्को कम्पनीको नेटवर्कमा पनि भ्वाइस प्याक, एनसेलबाट अरु नेटवर्कमा १ रुपैयाँमै कल

टेकपाना टेकपाना

मंसिर १९, २०७६ १६:४२

अर्को कम्पनीको नेटवर्कमा पनि भ्वाइस प्याक, एनसेलबाट अरु नेटवर्कमा १ रुपैयाँमै कल

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले पहिलो पटक अरु नेटवर्कमा समेत लागु हुने गरी भ्वाइस प्याक ल्याएको छ । कम्पनीले ल्याएको पछिल्लो अफर अनुसार २० रुपैयाँमै मुलुकभीत्रका जुनसुकै टेलिकम कम्पनीका नम्बरमा २० मिनेट कल गर्न सिकनेछ । 

कम्पनीले अल नेपाल प्याककाे नाममा यो अफर सार्वजनिक गरेको हो । एनसेलका ग्राहकले *17118*7# डायल गरी यो प्याक खरीद गर्न सक्नेछन् । अफर लिँदा कर सहित ग्राहकको ब्यालेन्सबाट २५.५४ रुपैयाँ काटिने कम्पनीले स्पष्ट पारेको छ । एनसेलका ग्राहकले यो प्याक लिएर नेपाल टेलिकम र स्मार्टको नम्बरमा एक रुपैयाँ प्रति मिनेटमै कल गर्न सक्नेछन् ।

यस अघि कम्पनीहरुले आफ्नै नेटवर्कमा मात्रै लागु हुने गरी भ्वाइस प्याक अफर सार्वजनिक गर्दै आइरहेका थिए । एनसेलका अनुसार नेपालमा अन्य नेटवर्कमा समेत लागु हुने गरी ल्याइएको भ्वाइस प्याक यो नै पहिलो हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३