close

२ पुसमा फ्रक्वेन्सी बोलकबोल हुँदै, बढ्ला त फोरजीको स्पिड ?

टेकपाना टेकपाना

मंसिर २०, २०७६ १२:१९

२ पुसमा फ्रक्वेन्सी बोलकबोल हुँदै, बढ्ला त फोरजीको स्पिड ?

आउँदो पुस २ गते नेपालमा पहिलो पटक फ्रिक्वेन्सीको अक्सन (बोलकबोल) हुने भएको छ । नियामक नेपाल दुरसञ्चार प्राधिकरणले १८०० मेगाहर्ज फ्रिक्वेन्सीको अक्सन पुस २ गते हुने सूचना बिहीबार सार्वजनिक गरेकाे हाे ।

लामो समयदेखी रोकिएको अक्सन प्रकृयालाई पुनः अघि बढाउने निर्णय गत आइतबारको प्राधिकरण बोर्ड बैठकले लिएको थियो । सोही निर्णयको आधारमा फ्रिक्वेन्सी अक्सनको लागि गठीत समितिले १८०० मेगाहर्ज ब्याण्डमा फ्रिक्वेन्सीको अक्सन गर्ने भएको हो ।

यसअघि प्राधिकरणले ९००, १८०० र २१०० मेगाहर्ज ब्याण्डमा फ्रिक्वेन्सी अक्सनको काम अघि बढाएको थियो । तर, विगत १० महिना देखी अक्सनको प्रक्रिया रोकिएर बसेको थियो । अब भने पहिलो चरणमा प्राधिकरणले १८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी अक्सनमार्फत सेवा प्रदायकलाई उपलब्ध गराउने भएको छ ।

१८०० ब्याण्डमा यसअघि भएको बोलकबोलका लागि नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) र एनसेल प्रालिले निवेदन दिएका छन् । सोही निवेदनको आधारमा प्राधिकरणले नेपालमै पहिलो पटक फ्रक्वेन्सी अक्सन गर्नेछ ।

हाल पर्याप्त मात्रामा फ्रिक्वेन्सी उपलब्ध नहुँदा त्यसको प्रभाव स्वरुप प्रयोगकर्ताले नाम मात्रको फोरजी इन्टरनेटमा चित्त बुझाउनु परिरहेको छ भने अर्को तर्फ फ्रिक्वेन्सी वापत राज्यले पाउने करोडौँ रुपैयाँ राजश्व समेत गुमिरहेको छ । बोलकबोलमार्फत फ्रक्वेन्सी प्राप्त गरेको खण्डमा अवश्य पनि एनसेल र नेपाल टेलिकमको फोरजी इन्टरनेटको स्पिड कम्तिमा दोब्बर बढ्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३