close

ग्यालेक्सी एस इलेभेनमा १०८ एमपीको एटके भिडियो खिच्न सक्ने क्यामेरा !

टेकपाना टेकपाना

मंसिर २३, २०७६ १६:५८

ग्यालेक्सी एस इलेभेनमा १०८ एमपीको एटके भिडियो खिच्न सक्ने क्यामेरा !

सामसङ ग्यालेक्सी एस इलेभेन को डिजाइन लिक भएको छ । जसअनुसार सन् २०२० मा विश्व बजारमा सार्वजनिक हुने उक्त स्मार्टफोनमा १०८ मेगा पिक्सेलको क्यामरा रहने उल्लेख गरिएको छ ।

यसअघि पनि सामसङ ग्यालेक्सी एस इलेभेन को विषयमा विभिन्न विषयहरु बाहिर आएका थिए । जसमा साओमीको एमआई नोट टेनमा प्रयोग भएको क्यामरा सामसङ एस इलेभेनमा प्रयोग हुने कुरा आएको थियो ।

एमआई नोट टेनमा पनि १०८ मेगा पिक्सेलकै क्यामरा प्रयोग गरिएको भएता पनि सामसङ ग्यालेक्सी एस इलेभेनमा प्रयोग हुने क्यामरामा भने ठुलो अन्तर हुने दाबी गरिएको छ । सामसङ ग्यालेक्सी एस इलेभेनमा प्रयोग भएको क्यामरामार्फत एटके भिडियो खिच्न सकिने उल्लेख छ । जसलाई मोबाइल क्यामराको दुनियमा आजसम्मकै ठूलो उपलब्धिको रुपमा हेरिएको छ ।

सामसङ ग्यालेक्सी इलेभेन सीरिजका स्मार्टफोनमा प्रयोग हुने भनिएको १०८ मेगा पिक्सेल क्यामराले प्रति सेकेन्ड ३० फ्रेमको एटके भिडियो रेकर्ड गर्न सक्ने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३