close

भिडियो कन्फ्रेन्स अब मुद्दामा प्रमाण हुने

टेकपाना टेकपाना

मंसिर २३, २०७६ २०:५०

भिडियो कन्फ्रेन्स अब मुद्दामा प्रमाण हुने

भिडियो कन्फ्रेन्सको विषयवस्तु पनि अब मुद्दामा प्रमाणको रुपमा प्रस्तुत गर्न पाइने भएको छ । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले ‘प्रमाण (दोश्रो संशोधन) विधेयक–२०७५’ लाई सर्वसम्मतिले पारित गर्दै यस्तो व्यवस्था गरेको हो ।

संशोधित विधेयकमा भिडियो कन्फ्रेन्सको विद्युतीय अभिलेखमा उल्लेख भएका कुरालाई प्रमाणको रुपमा लिन सकिने व्यवस्था छ । समितिको बैठकले ‘प्रमाण ऐन–२०३१’ लाई संशोधन गर्न बनेको विधेयक ‘प्रमाण (दोश्रो संशोधन) विधेयक–२०७५’लाई परिस्कृत गर्दै सर्वसम्मतिले पारित गरेको हो। विधेयक गत साउन १२ गते राष्ट्रियसभाबाट पारित भएको थियो।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३