close

भारतमा एयरटेलले सुरु गर्‍यो भ्वाइस ओभर वाई–फाई, नेपालमा कहिले सुरु होला ?

टेकपाना टेकपाना

मंसिर २५, २०७६ ११:३५

भारतमा एयरटेलले सुरु गर्‍यो भ्वाइस ओभर वाई–फाई, नेपालमा कहिले सुरु होला ?

भारतको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी एयरटेलले देशमै पहिलो पटक भ्वाइस ओभर वाई–फाई सेवा सुरु गरेको छ । केन्द्रीय प्रदेश दिल्लीबाट सुरु भएको एयरटेल वाई–फाई नामक यो सेवा क्रमशः देशभर विस्तार गर्ने कम्पनीको योजना रहेको छ ।

अमेरिकामा भने यस किसिमको सेवा सन् २०१४ देखि नै सञ्चालनमा छ । यस प्रविधिमा मोबाइलको सिग्नल नभएको अवस्थामा समेत वाई–फाई मार्फत कल गर्न सकिन्छ ।

यसको मतलव स्काईप, फेसटाइम, डुओ जस्ता सेवाभन्दा फरक किसिमले वाई–फाई कलिङका लागि प्रयोगकर्तासँग भएकै फोन नम्बर प्रयोग गर्न सकिन्छ, छुट्टै एप डाउलोड गरिरहनुपर्ने झञ्जट समेत यसमा हुँदैन । एयरटेलको वाई–फाईले समेत यसैगरी काम गर्नेछ ।

तर नेपालमा भने भ्वाइस सेवामा केन्द्रीत भएर थप लगानी गर्ने संभावना तत्काल देखिएको छैन । कुनै पनि सेवा प्रदायककाे तर्फबाट त्यस किसिमको सेवा सञ्चालनका लागि हालसम्म प्राधिकरणमा सम्पर्क नगरेको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३