close

जीमेलमा नयाँ सुविधा, अब ईमेलमै अर्को इमेल अट्याच गर्न सकिने

टेकपाना टेकपाना

मंसिर २५, २०७६ १४:२१

जीमेलमा नयाँ सुविधा, अब ईमेलमै अर्को इमेल अट्याच गर्न सकिने

गुगलको इमेल सेवा जीमेलमा नयाँ सुविधा थपिएको छ । अब धेरैओटा इमेललाई अट्याच गरि एकै पटक अर्को इमेलमा पठाउन सकिने भएको छ ।

यसअघि आफुलाई आएको इमेल अरुलाई पठाउनु परेको खण्डमा हरेक इमेल खोलेर ‘फरवार्ड’ गर्नुको विकल्प थिएन । धेरै इमेल पठाउनु पर्दा झञ्जटिलो महसुस गुने गरेको थियो । त्यसैलाई सहज बनाउन जीमेलले नयाँ सुविधा थप गरेको हो । यसले धेरैओटा इमेल फरवार्ड गुर्नपर्ने प्रयोगकर्तालाई सहज बनाउने अपेक्षा गरिएको छ ।

प्रयोग कसरी गर्ने ?

इमेल अट्याच गरि अरुलाई पठाउन सुरुमा जीमेलको ‘कम्पोज’ बटनमा क्लिक गर्नुहोस् । त्यहाँ क्लिक गरेसँगै एउटा छुट्टै बक्स खुल्नेछ । जहाँ तपाईले कसलाई इमले पठाउने, के पठाउने, इमेल अट्याच गर्नु अघि इमेल के को विषयमा हो त्यो सबै लेख्न सक्नुहुन्छ ।

992-gs-attach-email-to-email-sm1.gif

त्यसपछि ‘इनबक्स’मा क्लिक गुर्नहोस् । इनबक्समा भएका मध्ये तपाई कुन–कुन इमेल अट्याच गरी पठाउन खोजि रहनु भएकाे छ, त्यसलाई छनौट गर्नुहोस् । सेलेक्ट गरिएका इमेललाई माउसको सहायताले सिधै कम्पोज गरिएको इमेलमा ल्याएर छाड्न सक्नु हुन्छ । त्यसरी छाडिएका इमेल अट्याचमेन्टको रुपमा तपाईंले पठाउन चाहेको व्यक्तिले प्राप्त गर्नेछ ।

याे सेवा हाल युराेपका केही देशमामात्रै सुरु भएकाे छ भने, विस्तारै अन्य मुलुकमा पनि विस्तार गिरने उल्लेख गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३