close

वर्षको अन्त्यमा दराजको किनमेल मेला ‘१२.१२’

टेकपाना टेकपाना

मंसिर २५, २०७६ १६:४१

वर्षको अन्त्यमा दराजको किनमेल मेला ‘१२.१२’

अनलाइन सपिङ साइट दराजले ११.११ को बिग सेलको सफलता पछि वर्षको अन्त्यतिर अर्को किनमेल मेला ‘१२.१२’ आयोजना गर्ने भएको छ । यो अभियान बिहीबार देखी सुरु भएर पुष २ सम्म लागू हुने कम्पनीले उल्लेख गरको छ ।

यस योजनामा ग्राहकले स्वदेशी तथा अन्तर्राष्ट्रिय ब्राण्डका सामानमा ६० प्रतिशत सम्मको छूट प्राप्त गर्नेछन् ।साथै मेलाको अवसरमा उपभोक्ताले ‘क्रेजी भउचर’ पनि पाउने दराजले जनाएको छ ।

दराजका अनुसार अभियानमा ‘मिसन १२.१२’ र ‘वान रुपी गेम’ जस्ता नयाँ र रमाइला गेममा पनि उपहार जित्न सकिने छ । उपभोक्ताले दराजका बैंकिङ पार्टनरको डेबिट र क्रेडिट कार्ड प्रयोग गरि अनलाईन पेमेन्ट गर्दा थप २० प्रतिशत तथा १५ सय सम्मको छूट पाउने उल्लेख छ ।

कम्पनीका अनुसार ११.११ मा दराजको एप र वेबसाइटमा तीन लाख ५० हजारभन्दा बढी प्रयोकर्ताको उपस्थिति रहेको थियो । जुन गत वर्षको ११.११ को तुलनामा ७५ प्रतिशत बढी हो ।

‘दराज ११.११ को रेकर्ड तोड्ने सफलता र ब्ल्याक फ्राईडेको थप सफलताले गर्दा गत नोभेम्बर हाम्रा बिक्रेताहरुका लागि ‘सुपर नोभेम्बर’ नै हुन पुग्यो’, दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंगले भने, ‘त्यसैले हामी २०१९ लाई सफल वर्षको रुपमा विदाई गर्न चाहान्छौं । त्यसैले १२.१२ ल्याएका हौं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३