close

पीपीएलका फास्ट बलरलाई टेलिकमको पुरस्कार १४४ जीबी डेटा र ५८८० मिनेट भ्वाइस

टेकपाना टेकपाना

मंसिर २७, २०७६ १७:२६

पीपीएलका फास्ट बलरलाई टेलिकमको पुरस्कार १४४ जीबी डेटा र ५८८० मिनेट भ्वाइस

नेपाल टेलिकम पोखरामा शनिबार देखि सुरुहुने पोखरा प्रिमियर लिग (पीपीएल) को सह–प्रायोजकको रुपमा रहेको छ । आगामी पुस १२ गतेसम्म चल्ने पीपीएलका १५ वटा लिग, एक–एकवटा क्वालिफायर र फाइनल गरी कूल १७ खेलमा सहभागी खेलाडीलाई कम्पनीले विभिन्न सम्मान र गिफ्ट प्याकेज समेत उपलब्ध गराउने जनाएको छ ।

लिगका प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई कम्पनीले ‘नेपाल टेलिकम म्यान अफ द म्याच’ उपाधि प्रदान गर्नेछ । जसअनुसार खेलाडीलाई पुरस्कार स्वरुप १२ जीबीको डाटा प्याक र नेपाल टेलिकमको नेटवर्कमा कल गर्न सकिने गरी ११ सय मिनेटको टक भ्याल्यु भएको भ्वाइस प्याक उपलब्ध गराउने छ ।

त्यसैगरी प्रत्येक खेलका एक जना खेलाडीलाई ‘गेम चेन्जर अफ द डे’ उपाधि प्रदान गरिने छ । त्यस्ता खेलाडीलाई १२ जीबी डाटा र चार सय ९० मिनेट टक भ्याल्यु भएको भ्वाइस प्याक प्रदान गरिनेछ । साथै एक जना खेलाडीलाई ‘एनटी फोरजी फास्टेस्ट बलर अफ द टुर्नामेन्ट’ उपाधि प्रदान गरिने टेलिकमले जनाएको छ ।

जसमा खेलाडीलाई एक सय ४४ जीबी डाटा प्याक र पाँच हजार आठ सय ८० मिनेटको भ्वाइस प्याक उपलब्ध गराइने छ । टेलिकमका अनुसार उल्लेखित सुविधा पीपीएल आयोजक समितिले उपलब्ध गराएका खेलाडीका नेपाल टेलिकमका मोबाइल नम्बरमा प्रदान गरिने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३