close

फोटो तथा भिडियो पोस्ट गर्दा इन्स्टाग्रामले चेतावनी दिनसक्ने, यस्तो छ कारण

टेकपाना टेकपाना

पुस १, २०७६ ८:३१

फोटो तथा भिडियो पोस्ट गर्दा इन्स्टाग्रामले चेतावनी दिनसक्ने, यस्तो छ कारण

फोटो सेयरिङ्ग एप इन्स्टाग्रामले आफ्ना प्रयोगकर्तालाई मूख्य फिडमा देखिने गरी फोटो तथा भिडियो अपलोड गर्ने क्रममा संभावित आपत्तिजनक क्याप्सन हुन सक्ने विषयमा सचेत गराउने भएको छ । सोमबार कम्पनीले जनाए अनुसार यसमा प्रयोग गरिएको आर्टिफिसियल इन्टेलिजेन्सले स्वचालित रुपमा चोट पुर्‍याउने किसिमका पोष्टको क्याप्सन पहिचान गर्नेछ र एपले ‘यस अघि रिपोर्ट गरिएका अन्य पोष्टहरुको जस्तै क्याप्सन छ’ जस्तो नोटिफिकेशनमार्फत प्रयोगकर्तालाई सेचत गराउने बताइएको छ ।

यस्तो अवस्थामा एपले क्याप्सन परिवर्तन गर्न प्रोत्साहित समेत गर्नेछ । तर यसले परिवर्तन गर्न नसकिने किसिमको विकल्प समेत दिने उल्लेख छ । यो नयाँ फिचर इन्स्टाग्रामले यस अघि गत जुलाईमा कमेन्टका लागि ल्याएको एआईमा आधारित फिचरसँग समान रहेको छ ।

संभावित चोट पुर्‍याउन सक्ने पोष्टहरु राख्ने सन्दर्भमा प्रयोगकर्तालाई पुनर्विचार गराउन यस्तो फिचर सुरु गरिएको र अनलाइनमार्फत हुने बदमासी अर्थात बुलिङ्ग विरुद्ध लाग्ने कम्पनीको अठोट समेत रहेको इन्स्टाग्रामले दाेहोर्‍याउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३