close

अलिबाबाका उत्पादन नेपालमा टेलिनेटले बिक्री गर्ने

टेकपाना टेकपाना

पुस १, २०७६ १४:२४

अलिबाबाका उत्पादन नेपालमा टेलिनेटले बिक्री गर्ने

भ्यालु एडेड सर्भिस (भ्यास सेवा प्रदायक) कम्पनी टेलिनेटले अलिबाबाका उत्पादनहरुको रोड शो गरेको छ । कम्पनीले अलिबाबा क्लाउडको विषयमा यहाँका विभिन्न कम्पनी र ग्राहकलाई क्लाउड कम्प्युटिङको विषयमा जानकारी प्रदान गर्न नेपालमा यस्तो कार्यक्रम गरेको हो ।

रोड शोको अवसरमा अलिबाबाले प्रदान गर्ने विभिन्न प्रडक्ट तथा सोलुशन प्रर्दशनमा राखिएको थियो । अलिबाबाका ती प्रडक्ट र सोलुशन्सको प्रयोग गरि टेलिनेटले नेपालमा एकै ठाउँबाट धेरै सेवा प्रदान गर्न, परामर्श सेवा, तालिम, क्लाउड माइग्रेसन र ईको सिस्टम इन्ट्रिगेशन लगायतको सेवा उपलब्ध गराउने जनाएको छ ।

उक्त प्रर्दशनीको क्रममा टेलिनेटले इलास्टिक कम्प्युटर सर्भिसेज, सीडीएन, नेटवर्किङ, डाटावेस, इमेज सर्च, सर्ट म्यासेज सर्भिस लगायतको विषयमा जानकारी दिएको थियो । जसले लागत कम गरि व्यवसाय विस्तारमा सहयोग पुर्‍याउने विश्वास कम्पनीले लिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३