close

नेपालमै पहिलो पटक यसरी सुरु भयो फ्रिक्वेन्सी अक्सन, पहिलो राउण्डमा एनसेल अघि

टेकपाना टेकपाना

पुस २, २०७६ ११:१६

नेपालमै पहिलो पटक यसरी सुरु भयो फ्रिक्वेन्सी अक्सन, पहिलो राउण्डमा एनसेल अघि

नेपालकै इतिहासमा पहिलो पटक फ्रिक्वेन्सी बोलकबोल सुरु भएको छ । सोल्टी क्राउन प्लाजामा भइरहेको अक्सनको पहिलो राउण्डमा नेपाल टेलिकमले प्रति मेगाहर्जका लागि ३ करोड ७८ लाख बोलकोबल गर्दा त्यति नै फ्रिक्वेन्सीका लागि एनसेलले ३ करोड ९६ लाख रुपैयाँ प्रस्ताव गरेको छ । 

लगत्तै सुरु हुने दोश्रो राउण्डको अक्सनका लागि न्यूनतम आधारभूत मूल्य ४ करोड १४ लाख रुपैयाँ तय गरिएको छ । पहिलो राउण्डमा एनसेल विजेता बनेसँगै उसले कबोल गरेको मूल्यमा पाँच प्रतिशत थप गरी दोश्रो राउण्डका लागि आधार मूल्य तय गरिएको हो । मल्टि राउण्ड अक्सनको रुपमा भइरहेको बोलकबोलको तेश्रो राउण्डमा अधिकतम कबोल गर्ने सेवाप्रदायकले फ्रिक्वेन्सी पाउने बताइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३