प्रयोगकर्ताले लोकेशन अफ गर्दा समेत फेसबुकल ट्र्याक गर्ने गरेको विषय अमेरिकाका सिनेटरहरुलाई बताएको कुरा एएफपी, सीएनबीसी देखि द हिल जस्ता ठूला समाचार संस्थाहरुले रिपोर्टिङ गरिरहेका छन् ।
प्रयोगकर्ता रहेको स्थान पछ्याउने (ट्र्याक गर्ने) कम्पनीको नीतिको विषयमा सिनेटरहरुले सोधेको प्रश्नको जवाफमा मंगलबार मात्रै फेसबुकका ‘डेपुटी चिफ प्राइभेसी अफिसर’ रोब सर्म्यानले किन र कसरी भन्ने विषयमा स्पष्ट रुपमा उल्लेख गरेका छन् ।
आईपी एड्रेस, चेक–इन्स, र फोटोमा गरिएको ट्यागका आधारमा सामाजिक सञ्जाल फेसबुकले तपाईं कहाँ हुनुहुन्छ भन्ने कुरा थाहा पाउँछ । यस किसमिको सूचनाका आधारमा उसले तपाईंसँग सम्बन्धित हुने किसिमका विज्ञापन तथा समाचार तपाईंको न्युज फिडमा देखाउँछ र आफ्ना उत्पादन र सेवाहरुको विज्ञापन गर्न चाहने विज्ञापनदाताहरुलाई उसले बजारीकरणमा सघाइरहेको हुन्छ । त्यसैबाट फेसबुकले आम्दानी पनि गरिरहेको हुन्छ ।