close

भारतमा फाइभजी परिक्षणका लागि ह्वावेलाई ‘ग्रीन सिग्नल’

टेकपाना टेकपाना

पुस १६, २०७६ ८:४७

भारतमा फाइभजी परिक्षणका लागि ह्वावेलाई ‘ग्रीन सिग्नल’

चिनियाँ दूरसञ्चार पूर्वाधार तथा उपकरण निर्माता कम्पनी ह्वावेले भारतमा फाइभजीको परीक्षणका लागी सरकारबाट ‘ग्रीन सिग्नल’ पाएको छ । योसँगै विश्वकै दोस्रो ठुलो इन्टरनेट बजारको रुपमा रहेको भारतमा ह्वावेले फाइभजी नेटवर्क परिक्षण गर्ने भएको छ ।

‘भारतले चिनियाँ कम्पनीलाई फाइभजी परिक्षणमा अवरोध गर्ने छैन’, भारतको केन्द्र सरकारका प्रविधि तथा सञ्चार मन्त्री रवीशंकर प्रसादले भने, ‘हामीले फाइभजी नेटवर्क निर्माता सबैलाई भारतमा फाइभजी परीक्षणको लागि अनुमती दिने निर्णय गरेका छौं ।’

भारतको ‘ग्रिन सिग्नललाई ह्वावेको अवसरको रुपमा हेरिएको छ । किनभने, अमेरिकी सरकारले ह्वावेले चीन सरकारको लागि जासुसी गर्दै आएको आरोप लगाउँदै आफ्नो देशमा ह्वावेको फाइभजी उपरकण प्रयोगमा प्रतिबन्ध नै लगाएको छ ।

त्यसको असर अन्य युरोपियनमा समेत परेको छ । ती देशहरुमा समेत ह्वावे प्रतिबन्धको सामना गरिरहेको छ । यस किसिमको पृष्ठभूमीमा भारत जस्तो विश्वको दोस्रो ठूलो इन्टरनेट बजारमा प्रवेश पाउनु ह्वावेका लागि ठुलो अवसर हो ।

भारतमा हाल इन्टरनेट प्रयोगकर्ताको संख्या ६० करोड रहेकाे छ । त्यहाँ ह्वावेले आफ्नो उपकरण जासुसीका लागि प्रयोग नभएको प्रमाणीत गर्ने अवसर समेत पाउनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१