close

यी एप, जसले अनलाइनमा तपाईंको डाटा गोप्य राख्न सघाउँछन्

टेकपाना टेकपाना

पुस १६, २०७६ १२:२४

यी एप, जसले अनलाइनमा तपाईंको  डाटा गोप्य राख्न सघाउँछन्

यदि तपाईमा सरकार तथा कुनै कम्पनीले आफ्नो हरेक क्रियाकलापको निगरानी गरिरहेको भय छ भने, तपाई कुनै मानसिक रोगी होइन । तपाईको मानसिक स्वास्थ सामान्य छ, त्यसमा चिन्ता लिनुपर्दैन । किनभने, केही समय यता अनालाइनको गोपनीयता धेरैको चिन्ता र चासोको विषय बनेको छ ।

वितेका केही वर्षमा सार्वजनिक भएका सामाचारका श्रृंखलाहरुबाट सरकारले नागरिकको फोनलाई ह्याक तथा ट्र्याक गरिरहेको बुझ्न सकिन्छ । डेटा एनालिटिक्स कम्पनी क्याम्ब्रिज एनालिटिकाले ८ करोड ७० लाख मानिसहरुको डेटा उनीहरुको अनुमति बिना लिइएको खुलासा गरेपछि फेसबुकजस्तो कम्पनीलाई पनि शंकाको घेराभित्र राखिएको थियो ।

यस्ता खुलासाहरु पछि फेसबुक, गुगल जस्ता व्यक्तिगत डाटा धेरै रहेका कम्पनीहरुले प्रयोगकर्तामाथि कत्तिको निगरानी राख्छन् भन्ने कुरामा मानिसहरु सचेत हुन थालेका छन् । केही मुलुकहरुले त यसको जोखिमलाई रोक्न कदम समेत चालिसकेका छन् ।

युरोपियन युनियनले गत शुक्रबारदेखि नयाँ ‘जनरल डेटा प्रोटेक्सन रेगुलेसन’ ल्याएको छ । यसले कम्पनीहरुले प्रयोगकर्ताहरुबाट कस्तो डेटा लिन्छन् भन्ने कुराको निगरानी गर्ने र त्यसलाई सेयर गर्नु अघि अनुमति लिनुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ ।

अनलाइनको भर्चुअल दुनियाँमा कति यस्ता खतराहरु पनि छन्, जसलाई यस्ता नियम कानुनले पनि रोक्न सक्दैनन् । तर केही यस्ता उपकरण छन्, जसले तपाईको डेटा संकलन हुनबाट धेरै हदसम्म सुरक्षा दिन सक्छन् ।


मूल्यांकन गर्नः

पानोपटिक्लिक

इन्टरनेटभर वेबसाइटहरु ट्र्याक गर्नेहरुबाट घेरिएका हुन्छन् । विशेषगरी विज्ञापनदाताहरुबाट यस्तो काम हुने गरेको छ ।

यदि तपाईंको ब्राउजर सुरक्षित छैन भने तपाई समस्यामा पर्न सक्नुहुन्छ । अब तपाई सुरक्षित हुनुहुन्छ वा हुनुहुन्न भनेर कसरी थाहा पाउने त ? इलेक्ट्रोनिक फ्रोन्टियर फाउण्डेसन – ईएफएफको एउटा उपकरण छ, जसको नाम पानोपटिक्लिक हो ।

यसले तपाईको ब्राउजर वेभ ट्र्याकिङबाट कतिको सुरक्षित छ भन्ने कुरा जाँच्न सक्छ । यो उपकरण सन् २०१० मै सार्वजनिक भएको हो । ईएफएफले २०१५ मा यसमा फिचरहरु थप गरेर ‘ट्र्याकिङ ब्लकर्स’ले कत्तिको राम्रोसँग काम गर्छ भेनर हेरेको थियो ।

आफूलाई सुरक्षित राख्नः

ब्रेभ ब्राउजर

एउटा विकल्प भनेको तपाईले आफ्नो ब्राउजरलाई परिवर्तन गर्न सक्नुहुन्छ । ब्रेभ ब्राउजर एउटा निःशूल्क एप हो । टोर प्रोजेक्टको नेटवर्क आईडेन्टिटी हाईडिङ प्रविधिले प्राइभेट ट्याब अफर गर्छ । यसले सबै प्रकारका ट्र्याकिङबाट सुरक्षा दिन्छ । यसले इन्टरनेट सेवा प्रदायक – आईएसपीहरुबाट हुने ट्र्याकबाट समेत बचाउने क्षमता राख्छ । ब्रेभ प्रयोग गर्दा आईएसपीहरुले प्रयोगकर्ताको ट्राफिक देख्न सक्दैनन्, उनीहरुले इन्क्रिप्टेड ट्राफिक हेडिङ पाउँछन् ।

प्राइभेसी ब्याजर

यो क्रोम, फायरफक्स तथा ओपेरामा रहेको निःशूल्क एक्स्टेन्सन हो । ईएफएफले बनाएको यो ब्राउजिङ एक्सटेन्सनले ट्र्याक्र तथा गुप्तचरी गर्ने विज्ञापनलाई ब्लक गर्छ । यदि फेसबुकजस्ता पेजहरुमा पनि ट्रयाकरहरु रहेका छन् भने प्राइभेसी ब्याजरमार्फत प्रयोगकर्ताले आफू ट्र्याक हुनबाट जोगिएरै त्यस्ता साइटहरु भिजिट गर्न सक्छन् ।

यसमा ट्र्याकरहरुकाे गतिविधि हेरेर समेत उनीहरुलाई ब्लक गर्ने काम गर्छ । यो अरुजस्तो कालो सूचीमा भर पर्दैन । यसले ट्रयाकिङको प्राविधिक कोड हेर्छ र लगातार त्यस्ता गतिविधलाई नियन्त्ररण गर्छ । यदि कुनै साइट हिजो सुरक्षित थियो भने पनि भोलि त्यसमा ट्र्याकरहरु आउन सक्छन् । त्यस्तो अवस्था समेत प्राइभेसी ब्याजरले पहिचान गर्न सक्छ ।

डक डक गो

यदि तपाई गुगल प्रयोग गर्न असहज मान्नुहुन्छ भने तपाईका लागि अन्य विकल्प पनि छन् जुन तपाईलाई थाहा नहुन सक्छ । डक डक गो एउटा यस्तो सर्च इन्जिन हो जसको डिजाइन नै गोपनीयतालाई ध्यानमा राखेर बनाइएको छ ।

यो वेबसाइटले प्रयोगकर्ताको कुनै पनि सूचना संकलन गर्दैन । कुनै पनि गोप्य किसिमका सर्चहरुलाई पनि यसले अनुमति दिन्छ । डक डक गोको वेबसाइटअनुसार उसले प्रति दिन २ करोड निजी सर्चहरुलाई बुस्ट गरेको छ ।

यो गोपनीयता केन्द्रीत सर्च इन्जिनको मोबाइल एप र ब्राउजर एक्सटेन्सन पनि रहेको छ । यसले पनि विज्ञापनहरुलाई ठाउँ दिन्छ । तर प्रयोगकर्ताहरुलाई ट्र्याक गरेर फाइदा उठाउन भने पाइदैन ।

कुकिज अटोडिलिट

वेभसाइटहरुले तपाईको डिभाइसलाई कुकिजका आधारमा पहिचान गरिरहेका हुन्छन् । यसकै कारण तपाई कुनै पेज साइट भिजिट गर्ने वित्तिकै तपाईको ‘लग ईन ईन्फर्मेसन’हरु स्वतः भरिन्छन् । यसरी कम्पनीहरुले को भिजिट गर्दैछ भनेर थाहा पाएर जुनसुकै समय तपाईलाई ट्र्याक गर्नसक्छन् ।

कुकिज अटोडिलिट गुगल क्रोम तथा मोजिल्ला फायरफक्सको एक्स्टेन्सन हो । तपाईले आफ्नो ब्राउजरमा ट्याब बन्द गर्ने वितिक्कै यसले कुकिजलाई बन्द गरिदिन्छ भने तपाईको सेटिङलाई पनि कस्टमाइज गरिदिन्छ । ता कि तपाईले विश्वास गरेको वेबसाइटले कुकिज राख्न सकोस् ।

विश्वास नलागेको वेबसाइटमा तपाईले केही निश्चित डोमेनमा कुकिज हटाउन सक्नुहुन्छ । प्राइभेसी ब्याजरले तेस्रो पक्षबाट हुने ट्र्याकिङलाई रोकथाम गर्छ भने कुकिज अटोडिलिजजस्तो टुलले वेभसाइटबाट हुने सीधा ट्र्याकिङलाई रोक्छ ।

सुरक्षितरुपमा म्यासेज गर्नः

सिग्नल

इन्टरनेटमा धेरै इन्क्रिप्टेड म्यासेजिङ टुलहरु रहेका छन् । फेसबुकको स्वामित्व रहेको ह्वाट्सएप र टेलिग्राम समेत असुरक्षित रहेको कुरा अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन् । तर सिग्नललाई धेरैले सुरक्षित मान्छन् र यो प्रयोगका लागि सिफारिस पनि गर्छन् ।

यसमा कसैले पनि तपाईको टेक्स्ट म्यासेजहरुमा निगरानी राख्न सक्दैन । सिग्नलमा डेटा पनि स्टोर हुँदैन । तपाईले आफ्नो म्यासेज निश्चित समयपछि हराएर जाओस् भनेर सेटअप पनि मिलाउन सक्नुहुन्छ ।

यो एपको कोड ओपन सोर्स हुन् । यसको अर्थ जोकोहीँले यसले कसरी काम गर्छ भनेर हेर्नसक्छन् । र यसको कमजोरी र खतरालाई औल्याएर सुझाव दिनसक्छन् । त्यसैले पनि यसले तपाईमाथि गोप्यरुपमा निगरानी नगर्ने कुरामा विश्वस्त हुने आधार दिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१