close

अब अनलाइनबाटै डाक्टरको ‘अपोइन्टमेन्ट’देखी औषधी ‘अर्डर’

टेकपाना टेकपाना

पुस १६, २०७६ १४:८

अब अनलाइनबाटै डाक्टरको ‘अपोइन्टमेन्ट’देखी औषधी ‘अर्डर’

स्वास्थ जीवन सबैको चाहाना हो । आफ्नो स्वास्थ्यको लागि मानिसले ठुलो मेहनत गरिरहेको हुन्छ । तर पनि कतिपय अवस्थामा सहज र सरल स्वास्थ्य सेवाको अभाव खड्की रहेको हुन्छ । त्यहि अभावलाई चिर्ने प्रयासकाे रुपमा ‘जीवि’ बजारमा आएको छ ।

स्वास्थ्यमा सम्पूर्ण नागरिकको सुलभ, सरल तथा खोजेजस्तो पहुँच पुर्‍याउने उदेश्यले जीवि एपले आफ्नो सेवा सुरु गरिसकेको छ । यो एपले काठमाडौं उपत्यकाभित्र सर्वसाधारणलाई स्वास्थ्य सेवा पुर्‍याउने उदेश्यले राखेको छ ।

एपमार्फत सेवाग्राहीले घरबाटै अस्पताल, क्लिनिक तथा चिकित्सकको अपोइन्टमेन्ट बुक गर्नेदेखि विभिन्न किसिमका औषधि तथा हेल्थ केयर सामाग्री पाउन सक्छन् ।

जीवि एपबाट हेल्थ केयर तथा औषधीजन्य सामाग्रीहरु अर्डर गर्दा सेवाग्राहीले ५ प्रतिशतदेखि २५ प्रतिशतसम्मको छूट प्राप्त पाउने कम्पनीले जनाएको छ । औषधि तथा अन्य स्वास्थ्यसँग सम्बन्धित सामग्रीको डेलिभरी निःशूल्क छ ।

जीविको एपमा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका एक सय ६७ जना चिकित्सक जोडिएका छन् । एपको सहायताले ती डाक्टरको अपोइन्टमेन्ट बुक गरेर प्रयोगकर्ताले सेवा लिनसक्छन् । यस्तै जीविको वेबसाइटमा १७ ओटा क्लिनिकहरु पनि दर्ता भएका छन् ।

एपबाट फ्री डेलिभरीसँगै, फर्मासिस्टको परामर्श पनि पाउन सकिने उल्लेख गरिएको छ । यो एपलाई प्रयोगकर्ताले आफ्ना साथीहरुलाई शिफारिस गरेको अवस्थामा रेफरल पोइन्ट पाउने र त्यस्तो पोइन्टको आधारमा सेवा ग्राधिकले सेवामा छूट प्राप्त गर्न सक्नेछन् ।

प्रयोगकर्ताहरुले आफूलाई आवश्यक औषधी प्रेस्क्रिप्सन बीलको तस्विर स्क्यान गरेर समेत आवश्यक औषधी प्राप्त गर्न सक्छन् । हालसम्म यो एपको डाउनलोड पाँच हजार नाघिसकेको छ ।

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१