close

३ लाखभन्दा बढी मूल्य अनुमान गरिएको साओमी एमआई मिक्स कहिले आउला ?

टेकपाना टेकपाना

पुस १६, २०७६ १७:५८

३ लाखभन्दा बढी मूल्य अनुमान गरिएको साओमी एमआई मिक्स कहिले आउला ?

चिनियाँ प्रविधि कम्पनी साओमीको बहुप्रतिक्षित स्मार्टफोन एमआई मिक्स अल्फाको सार्वजनिक हुने मिति अनिश्चित भएको छ । जनवरी महिनाभित्रमा नै सार्वजनिक हुने अपेक्षा गरिएको उक्त मोबाइल फोनको सार्वजनिक गर्ने मिति पछाडि धकेलिए हो ।

अब कहिले सार्वजनिक हुन्छ भन्ने विषय कम्पनीले खुलाएको छैन । कम्पनीले फोन सार्वजनिक गर्ने विषयमा चाँडोभन्दा चाढो जानकारी गराउने मात्रै जनाएको छ । यसको मतलव अब जुनसुकै समय एमआई मिक्स अल्फा सार्वजनिक हुन सक्ने छ ।

साओमीले एमआई मिक्स अल्फा पहिलो पटक सेप्टेम्बरमा सार्वजनिक गर्ने घोषणा गरेको थियो । त्यसमा परिवर्तन भएर जनवरीका लागि सारेको थियो । तर अहिले आएर त्यो पनि अनिश्चित भएको छ ।

बाहिर आएका जानकारी अनुसार फोनमा ट्रिपल क्यामेरा सेटअप रहेको छ । जसमा १०८ मेगापिक्सेलको क्यामरा रहेको छ । सुटर १८०.६ प्रतिशतको स्क्रिन टु बडी रेसियो स्क्रिन रहेको यो फोन बजारमा आउने घोषणा लगत्तै यसको स्वरुप सार्वजनिक गरिएको थियो ।

चीनमा यसको सम्भावित मूल्य २० हजार युआन अर्थात ३ लाख २८ हजार रुपैयाँ हुनसक्ने अनुमान गरिएको छ । उक्त फोन सार्वजनिक गर्न किन ढिलाई भयो भन्ने विषयमा कुनै निश्चित कारण दिईएको छैन । तर फोनको प्राविधिक पक्ष त्यसको सम्भावित कारण हुनसक्ने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१