close

स्मार्ट लाईसेन्स नै नक्कली !

टेकपाना टेकपाना

पुस १६, २०७६ १६:३०

स्मार्ट लाईसेन्स नै नक्कली !

स्मार्ट लाइसेन्स पनि नक्कली ! खबर सुन्दा अचम्म लाग्ला । अचम्म नमान्नुहोस् । यो खबर अन्तको होइन, नेपालकै हो ।

सवारीचालकका लागि दिइने स्मार्ट लाइसेन्स नै नक्कली बनाएर बिक्री गर्ने गिरोह नै प्रहरीको फन्दामा परेको छ । मंगलबार महानगरीय अपराध महाशाखा र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले पुतलीसडकबाट दिपक ब्लोनलाई बीएफजी बर्गको नक्कली स्मार्ट लाईसेन्स फेला सहित पक्राउ गरी सोधपुछ गरेको थियो ।

त्यसक्रममा बल्खुमा रहेको शुबास नाम गरेको बुद्धि बहादुर रोक्काले आफ्नो न्युरोडमा स्थित आशिष स्टुडियोबाट डिजाईनिङ गरी नक्कली स्मार्ट लाईसेन्स बनाउने गरेको थाहा हुन आएको हो । फोटो कन्सर्नबा६ बिभिन्न ब्यक्तिहरुको सरकारी लिखतहरु डिजाईनिङ तथा प्रिन्ट गरी बिक्री गर्ने गरेको समेत प्रहरी अनुसन्धानबाट देखिएको छ ।

स्टुडियोका संचालक रोक्काले स्मार्ट लाईसेन्स, नागरिकताका प्रमाणपत्रहरु, भारत सरकारको आधार कार्ड, सशस्त्र प्रहरीको परिचय पत्र, बिभिन्न कलेजहरुको परिचयपत्रहरुको समेत नक्कलीरुपमा तयार पार्ने गरेको पाइएके छ । स्मार्ट लाइसेन्स लगायतका नक्कली परिचयपत्र बनाउन प्रयोग गरिएका सीपीयू, कटर मेसिन, प्रिन्टर, हार्डड्राईभ सर्भर बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी उपरिक्षक हृदय थापाका अनुसार दिपक ब्लोन र बुद्धिबहादुर रोक्का सहित फोटोग्राफर कुमार तण्डुकार, सेल्स अफिसर अनन्ता गुरुङ, प्रिन्टर तथा मार्केटिङको काम गर्ने अशोक कार्की, क्यासियर मोहन यादबलाई पक्राउ गरी लिखत सम्बन्धी कसूरमा अनुसन्धानको लागि परिसर काठमाण्डौ पठाईएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१