close

अस्पतालमा उपचाररत कामतीलाई एनसेलको १० लाख

टेकपाना टेकपाना

पुस १६, २०७६ १७:२

अस्पतालमा उपचाररत कामतीलाई एनसेलको १० लाख

सडक दुर्घटनामा परी हाल विराटनगर नसिङ् होममा उपचाररत सिराहाका जितेन्द्र कुमार कामतीले एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनामा नगद पुरस्कार १० लाख जितेका छन् ।

मंसिर ३० गते प्रत्यक्ष प्रसारण भएको एक टेलिभिजन कार्यक्रम मार्फत कामती यो योजनाको पहिलो मासिक विजेताका रुपमा छानिएका थिए । एनसेलको तर्फबाट बुधबार (पुष १६) गते चर्चित हास्य कलाकार जितु नेपालले उनी उपचारत रहेको अस्पतालमा गई १० लाखको चेक हस्तान्तरण गरेका हुनन् ।

कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ योजना १ मंसिर २०७६ देखि सञ्चालन गर्दै आएको छ । यस योजना अन्तर्गत भाग्यसाली ग्राहकले प्रत्येक हप्ता दुई लाख नगद र प्रत्येक महिना १० लाख नगद जित्ने सक्नेछन् ।

अस्पतालमा छोराको उपचार खर्च तिर्न पैसाको खाँचो परेको बेलामा यो नगद पुरस्कार एक ठूलो आश्चर्य र राहतको रुपमा आएको जितेन्द्र कुमार कामतीका बुबा हरी किशोर कामतीले बताए । ‘छोरा केही दिनमा डिस्चार्ज हुने आशामा छौं,’ जितेन्द्रका बुबाले भने । “यो पैसाले केही व्यापार गर्ने योजनामा पनि छौं ।’

यो योजनाको पहिलो ६ हप्ता सम्ममा ३० जना भाग्यशाली ग्राहकले जनही २ लाख जितेका छन् । ती ३० जना मध्ये ९ जना ग्राहकले आ-आफ्नो नगद पुरस्कार ग्रहण गरिसकेका छन् भने २१ जना ग्राहक प्रमाणीकरण प्रक्रियामा रहेको एनसेलले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१