close

उत्तर कोरियाका ह्याकर विरुद्ध माइक्रोसफ्टको कारबाही

टेकपाना टेकपाना

पुस १७, २०७६ ११:५९

उत्तर कोरियाका ह्याकर विरुद्ध माइक्रोसफ्टको कारबाही

विश्वविख्यात सफ्टवेयर निर्माता कम्पनी माइक्रोसफ्टले उत्तर कोरियाली ह्याकर विरुद्ध कानुनी कारबाही सुरु गरेको छ । कम्पनीले काेरियाली ह्याकर समूह ‘थालियम’ विरुद्ध साइबर अपराधको मुद्दा दायर गरेको हो ।

थालियम समुहले फिसिङमार्फत आफ्नो प्रयोगकर्ताको लगइनको जानकारी चोरेको भन्दै माइक्रोसफ्टले मुद्दा हालेको थियो । थालिमले फिसिङ इमेल र फेक वेवसाइट प्रयोग गरि माइक्रोसफ्ट आफैले इमेल गरेको जस्तै गरि ग्राहकको महत्वपूर्ण तथ्याङ्क संकलन गरिरहेको पाइएपछि माइक्रोसफ्ट कारबाही प्रक्रियामा गएको हो ।

यो विषयमा अदालतले पनि ‘वास’मा आधारिक कम्पनी रेडमण्डलाई ह्याकरले साइबर आक्रमणका लागि प्रयोग गरिरहेका ५० डोमेन नियन्त्रणमा लिन निर्देशन दिएको छ ।

अमेरिकाको जिल्ला अदालतले दिएको उक्त निर्देशनसँगै अब ह्याकरले उक्त डोमेन प्रयोग गरि प्रयोगकर्तालाई झुक्याउन नसक्ने माइक्रोसफ्टले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०