close

साओमीको सहयोगमा आफ्नै जीपीएस सिस्टम बनाउँदै भारत

टेकपाना टेकपाना

पुस १७, २०७६ १९:११

साओमीको सहयोगमा आफ्नै जीपीएस सिस्टम बनाउँदै भारत

चिनियाँ मोबाइल निर्माता कम्पनी सोओमी र भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (आईएसआरओ) को संयुक्त प्रयासमा भारतको आफ्नै जीपीएस सिस्टम (एनएभीआईसी) विकास गर्ने गर्ने काम अगाडि बढेको छ । साओमीले भारतको आफ्नै जीपीएस सपोर्ट गर्ने चिपसेट सहितको मोबाइल निमार्णको लागि तयार भएको हो ।

चिप निर्माणमा भने अमेरिकी कम्पनी क्वालकमले काम गरिहेको छ । क्वालकमले भारतको हरेक विषयबस्तुलाई स्पष्ट रुपमा देखाउने गरि चिपसेट निमार्ण थालेको हो ।

उक्त चिपसेट प्रयोग गरी भारत केन्द्रीत मोबाइल निमार्णका लागि साओमी तयार भएको आईएसआरओले जनाएको छ । आईएसआरओका अनुसार एनएभीआईसीमा भारतको जमिन, आकाशका साथै समुन्द्री सतहको नक्साङ्कन गरिएको छ । प्रकोप व्यवस्थापन, सवारी ट्र्याकिङ लगायतका विषवस्तु समेत यसमा रहेको बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०