close

ह्वावेलाई चीन सरकारको ८७ खर्ब सहयोग !

टेकपाना टेकपाना

पुस १८, २०७६ १६:२६

ह्वावेलाई चीन सरकारको ८७ खर्ब सहयोग !

ह्वावेले विगत वर्षहरुमा पाएको सफलतामा चिनिया सरकारको सहयोग छ, भन्दा कुनै अचम्मको विषय नहोलो । पक्कै पनि चिनियाँ हार्डवेयर निर्माता ह्वावेको विकासमा त्यहाँको सरकारले ठुलै सहयोग पुर्‍याउँदै आएको विषय हो । तर, जब सहयोगको रकम सुन्नुहुन्छ, तब भने पक्कै अचम्मित बनाउँछ ।

ह्वावे चिनियाँ सरकारबाट नेपालको कुल बजेट भन्दा ६ गुणा बढी सहयोग पाएको छ । अर्थात हुवावेले सरकारबाट पाएको सहयोग नेपाली ८६ खर्ब ६१ अर्ब रुपैयाँभन्दा बढी छ ।

तर यस्तो सहयोग उसले सोझै नभएर विभिन्न तरिका मार्फत पाएको हो । जसमा आर्थिक सहयोग बाहेक कर छूटको विषय महत्वपुर्ण रहेको छ ।

ह्वावेले यो सहयोगको विषय अस्वीकार गरेको छैन । तर उसले यो सहयोग स्टार्टअप कम्पनीको रुपमा सुरुवाती चरणमा पाएको जनाएको छ । वालस्ट्रिट जर्नलका अनुसार हुवावेले सरकारबाट ४६ बिलियन अमेरिकी डलर अर्थात नेपाली ५२ खर्ब ५२ अर्ब रुपैयाँभन्दा बढी ऋण तथा अन्य सहयोग पाएको छ ।

यस बाहेक उसले २८ खर्ब ४१ अर्ब रुपैयाँभन्दा बढीको कर छुट पाएको उल्लेख छ । त्यति मात्रै नभएर जग्गा खरिदमा समेत सहयोग गरेको देखिएको छ । यसले हुवावेको विकासमा चिनियाँ सरकारले स्वार्थ रहेको स्पष्ट हुन्छ ।

त्यसकै परिणामस्वरुप आज अमेरिकी ब्यापार प्रतिबन्धको सामना गर्दै सामसङ र एप्पललाई कडा टक्कर दिन सक्षम भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०