close

अर्काको चार्जरबाट मोबाइल चार्ज गर्दा ब्याट्री बिग्रिन्छ ? यस्ता छन् तथ्य

टेकपाना टेकपाना

पुस १८, २०७६ १२:२६

अर्काको चार्जरबाट मोबाइल चार्ज गर्दा ब्याट्री बिग्रिन्छ ? यस्ता छन् तथ्य

प्रयोगकर्ताबीच अनौठा किसिमका भ्रम छन् । अत्यधिक चार्ज गरे ब्याट्री पड्किनेदेखी मोबाइल चार्ज शून्य बनाउनुपर्नेसम्म ।

विद्युतको समान आपूर्ति भैरहेको अवस्थामा यी सबै मान्यता गलत हुन् । विज्ञहरुसङ्गको सोधपुछपछि सिनेटले मोबाइल चार्ज बारेका मान्यता र त्यसको सत्यता बारेमा केही रोचक तथ्य सार्वजनिक गरेको छ ।

फास्ट चार्जरले क्षति पुर्‍याउँदैन

फास्ट चार्जरको प्रयोगबारे मोबाइल प्रयोगकर्तामा केही भ्रम छन् । छिटो चार्ज गर्दा ब्याट्रीमा छिट्टै समस्या देखिने बुझाइ उनिहरुको छ । तर, वास्तविकता त्यस्तो हैन । फास्ट चार्जरले मोबाइल ब्याट्रीमा कुनै क्षति पुर्‍याउँदैन ।

किन भने मोबाइल ओभरचार्ज गर्न सकिदैन । मोबाइल ब्याट्री शत प्रतिशत चार्ज भएपछि त्यसलाइ फुल चार्ज मानिन्छ । त्योभन्दा माथी मोबाइल चार्ज हुनै सक्दैन । मोबाइल निर्माताले फुल चार्ज पछि पनि चार्जर जोडिरहँदा चार्जिङ बन्द हुने प्रविधि प्रयोग गरेका हुन्छन् ।

मोबाइल चार्ज शून्यमा नपुर्‍याऔँ

मोबाइल चार्जलाई शून्यमा पुर्‍याएर चार्ज गर्ने धेरैको बानी हुनसक्छ । तर यसरी शुन्यमा झार्दा हुन सक्ने रसायनिक प्रतिक्रियाले ब्याट्रीको औसत जीवन छोट्याइरहेको हुन्छ । मोबाइलमा औसत ३०% भन्दा माथी ब्याट्री चार्ज हुनु राम्रो मानिन्छ ।

अरुको चार्जरले बिग्रदैन ब्याट्री

आफ्नो बाहेक अरुको चार्जरबाट पनि चार्ज गर्नु सामान्य कुरा नै हो । यसरी चार्ज गर्दा ब्याट्री बिग्रने आशका धेरैमा हुन्छ । तर चार्जरको अवस्था ठिक छ भने अरुकै चार्जर प्रयोग गर्दा पनि ब्याट्रीमा कुनै समस्या भने हुँदैन । तर ढिलो चार्ज हुने समस्या भने हुन सक्छ ।

अधिक तापक्रम हानिकारक

ब्याट्रीका लागि बाहिरको अधिक तापक्रम शत्रु नै हो । यस्तो तापले ब्याट्रीको आयु एकदमै कमजोर बनाउँछ । त्यसैले अत्यधिक घामको प्रत्यक्ष प्रभावमा मोबाइल नराखेकै राम्रो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०