close

ओप्पोको दोस्रो सर्भिस सेन्टर सीटीसी मलमा

टेकपाना टेकपाना

पुस १८, २०७६ १८:५१

ओप्पोको दोस्रो सर्भिस सेन्टर सीटीसी मलमा

मोबाइल निर्माता कम्पनी ओप्पोले काठमाडौंमा आफ्नो दोस्रो कस्टमर केयर सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले सुन्धारा स्थित सीटीसी मलमा उक्त सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।

ओप्पोले नेपालमा विक्री गरिएका आफ्ना फोनको विक्री पछिको सेवा थप उत्कृष्ट बनाउन सेवा केन्द्र सञ्चालनमा ल्याइएको जनाएको छ । मलको पाँचौँ तल्लामा यूनिट ६०६ र ६०६ एमा अवस्थित नयाँ सेवा केन्द्रले आईतबारदेखि शुक्रबार विहानको १० बजेदेखि बेलुकी ६ बजे सम्म उपभोक्तालाई मर्मत लगायतका बिक्री पश्चातका सेवा उपलब्ध गराउनेछ ।

उपभोक्ताको सहजताका लागि कम्पनीले टोल फ्री नम्बर १६६००१८८८८६ समेत सञ्चालनमा ल्याएको छ । यो नम्बरमा कल गरेर ओप्पोका प्रयोगकर्ताले आफ्ना समस्या तथा जिज्ञासाको समाधान गर्न सक्ने जनाइएको छ । त्यसका लागि अतिरिक्त रुपमा ९८०८१३०४१७ र ९८५१२१०६२३ नम्बर समेत दिइएको छ ।

सर्भिस सेन्टरको उद्घाटनका क्रममा ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले आफ्ना उत्पादन मार्फत ग्राहकहरु पूर्णरुपमा सन्तुष्ट होउन् भन्ने चाहना अनुरुप सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको जानकारी दिए । ‘उपभोक्ताको समग्र सन्तुष्टि हाम्रो प्रमुख लक्ष्य हो । तसर्थ, हामीले उत्पादनको विक्रि संख्यामा मात्र केन्द्रित नभइ तिनको विक्री पछिको सेवामा समेत उत्तिकै ध्यान दिनेगरेका छौँ,’ उनले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०