close

‘ई–स्कुल’ बन्यो माइक्रोसफ्ट एपसोर्सकै पहिलो नेपाली सफ्टवेयर

टेकपाना टेकपाना

पुस १९, २०७६ १६:१७

‘ई–स्कुल’ बन्यो माइक्रोसफ्ट एपसोर्सकै पहिलो नेपाली सफ्टवेयर

ई–स्कुल सफ्टवेयर विश्वविख्यात सफ्टवेयर निर्माता कम्पनी माइक्रोसफ्टको एपसोर्सको पहिलो नेपाली सफ्टवेयर बनेको छ । विद्यालयहरुको व्यवस्थापनमा सघाउने उद्देश्यले ई–जोन इन्टरनेशन प्रालिले विकास गरेको उक्त सफ्टवेयर माइक्रोसफ्टको एपस्टोरमा अन्तर्राष्ट्रिय रुपमै उपलब्ध भएको हो ।

६ महिनाको अथक प्रयास पछि ई–जोनले आफ्नो सफ्टवेयर माइक्रोसफ्टको एपसोर्समा राख्न सफल भएको माइक्रोसफ्टका विजनेश डेभलपमेन्ट म्यानेजर दीपेन्द्र बज्राचार्यले जानकारी दिए । नेपालबाट ई–स्कुलसँगै पाँच ओटा सफ्टवेयर एपसोर्सको प्रक्रियामा रहेका थिए ।

अब विश्वभरबाट जो कसैले पनि माइक्रोसफ्टबाट ई–स्कुल सफ्टवेयर खरीद गर्न सक्नेछन् । यस अघि ई–जोनले प्रत्यक्ष रुपमा बजारमै गएर आफ्नो सफ्टवेयर बिक्री गर्दै आइरहेको थियो ।

निःशूल्क रुपमा परीक्षणको रुपमा प्रयोग गर्न सकिने सुविधा समेत रहेको यो सफ्टवेयर माइक्रोसफ्टको एपसोर्ससमा गएर ई–सेवा लगायतका अनलाइन भुक्तानीको माध्यमबाट खरीद गर्न सकिन्छ । ई–जोनका अनुसार हाल यो सफ्टवेयर नेपालभरका पाँच सय भन्दा बढी विद्यालयहरुले प्रयोगमा ल्याइसकेका छन् ।

स्टुडेन्ड इन्फरमेशन सिस्टम, इक्जामिनेशन म्यानेजमेन्ट सिस्टम, अनलाइनबाटै विद्यालयको बिल तिर्न सकिने मोबाइल एप, हाजिरी (बायोमेट्रिक सहित), अनलाइनबाटै विदाको निवेदन दिन सकिने, अनलाइन भर्ना, बसको जीपीएस ट्र्याकिङ, एसएमएस, लर्निङ म्यानेजमेन्ट सिस्टम, फाइनाइन्सियल अकाउण्टिङ, बैंक म्यानेजमेन्ट सिस्टम, लाइब्रेरी म्यानेजमेन्ट, महिनाभरको विद्यार्थीको रिपोर्ट अभिभावकले हेर्न सक्ने, लगायतका फिचरहरु ई-स्कुलमा रहेका छन् ।

एपसोर्समा स्थान पाएसँगै ई–स्कुलको सबै डाटा माइक्रोसफ्टकै क्लाउडमा रहनेछ । जसबाट सुरक्षित एवंम् विश्वसनीय रुपमा सफ्टवेयरको प्रयोग गर्न सकिने बज्राचार्यको भनाई छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०