ट्रेन्डिङ:
फुडमाण्डु अनलाइन फुड फेस्टिभलमा नेपालमै पहिलो पटक ‘अग्मेन्टेड रियालिटी’ प्रविधि प्रयोग बन्द हुँदै गुगलको क्लाउड गेमिङ सर्भिस 'स्टाडिया' ह्वावे पी ५० सिरिजको क्यामेरामा लिक्विड लेन्स प्रविधि प्रयोग हुने विद्यार्थीलाई सीप सिकाउन इन्फोडेभलपर्सले ल्यायो ‘क्लिक टु करिअर’ जीआईएस र रिमोट सेन्सिङ विषयमा तालिम दिँदै आविष्कार केन्द्र, यसरी हुनुहोस् सहभागी फोनकल मार्फत विश्वभर फिशिङ आक्रमण, कतै तपाईं ठगिनुभयो कि ? स्मार्टफोनमा जीपीएसको साटो आफ्नै स्वदेशी नेभिगेसन प्रणाली लागू गर्न बाध्य पार्दै भारत नौ महिनामा झण्डै १० अर्बले खस्कियो एनसेलको नाफा साँच्चै कस्तो हुन्छ होला सिक्सजी ? टाटाको सस्तो विद्युतीय कार 'टाटा टियागो' सार्वजनिक, सिङ्गल चार्जमा २५० किमि गुड्ने
close

फुडमाण्डु अनलाइन फुड फेस्टिभलमा नेपालमै पहिलो पटक ‘अग्मेन्टेड रियालिटी’ प्रविधि प्रयोग

टेकपाना टेकपाना

पुस २१, २०७६

फुडमाण्डु अनलाइन फुड फेस्टिभलमा नेपालमै पहिलो पटक ‘अग्मेन्टेड रियालिटी’ प्रविधि प्रयोग

खाजा तथा खानाको अनलाइन डेलिभरी दिँदै आएको फुडमाण्डुको आयोजनामा आजदेखि फुड फेस्टिभल सुरु भएको छ । फेस्टिभल अवधिभर फुडमाण्डुका उपभोक्ताले उत्कृष्ट खानाका परिकार, विभिन्न डिलहरु र अफरहरुका साथै अनलाइन गेमको अनुभव प्राप्त गर्न सक्ने बताइएको छ ।

फुडमाण्डुले नेपालमै पहिलो पटक अग्मेन्टेड रियालिटी फिचर शुरुवात गर्दैछ । जसमा ग्राहकहरुले मोबाइल एपमार्फत भर्चुअल भौचरहरु खोज्नुपर्नेछ त्यसलाई अर्डरको समयमा उपयोग गर्न सकिनेछ । शहरभरीका ३० रेष्टुरेन्टहरुले सात दिने फेस्टिभलमा ग्राहकहरुका लागि विभिन्न किसिमका पाककला प्रदर्शनमा राखेका छन् ।

जसमा कन्टिनेन्टलदेखि एशियन, भारतीय, नेपाली लगायतका व्यन्जनहरु भारी छूट अफर समेत दिइएको छ । फेस्टिभको ‘सबै रु.१ अफर’ अन्तरगत फ्ल्याश डिल जस्ता लोकप्रिय अफरहरु रहेका छन् । यी अफरहरु दैनिक तीनपटक लाइभ हुनेछन् भने मिस्ट्रि ब्याग (एउटा पूर्ण ह्याम्पर जसमा खानेकुरा र फ्रिबिज हुनेछन्), र अनलाइन गेमहरु समेत रहेका छन् । जसमा केही थप नयाँ सामग्रीहरु समेत उपलब्ध हुने आयोजकले जनाएको छ ।

फुडमाण्डुका प्रमुख कार्यकारी अधिकृत निधान श्रेष्ठले अग्मेन्टेड रियालिटी फिचर (वास्तविक यथार्तसँगै भर्चुअल चिजवस्तुलाई जोडेर अनुभव गर्न सकिने प्रविधि) मार्फत फेस्टिभललाई अझ साधारण तथा आकर्षक बनाउने प्रयास गरेको बताए ।

‘फुडमाण्डु अनलाइन फुड फेस्टिभल केवल एपमा मात्र उपलब्ध इभेन्ट हो,’ उनले भने, ‘जसको अर्थ ग्राहकहरुले उपलब्ध भएका अफरहरु कलेज, घर वा कार्यालय जहाँबाट पनि सहभागीता जनाउन सक्नेछन् । फुडमाण्डुको वेबसाइट तथा फेसबुक पेजबाट फेस्टिभल बारे थप जानकारी तथा नयाँ अपडेट थाहा पाउन सकिनेछ ।