close

मोबाइल ब्याकग्राउण्डमा यसरी सुन्नुहोस् युट्युव

टेकपाना टेकपाना

पुस २१, २०७६ १३:२

मोबाइल ब्याकग्राउण्डमा यसरी सुन्नुहोस् युट्युव

तपाईंले कहिल्यै आफ्नो मोबाइलमा थर्ड पार्टी एपको प्रयोग नगरेरै ब्याकग्राउण्डमा युट्युवको भिडियो चलाउने प्रयास गर्नु भएको छ ? छैन भने अब प्रयोग गर्न सक्नु हुन्छ । ‘भीएलसी मिडिया प्लेयर’को सहयोगमा युट्युवको भिडियो ब्याकग्राउण्डमा सहजै प्रयोग गर्न सकिन्छ ।

यो विषयमा धेरैलाई यसअघि नै जानकारी हुन सक्छ । तर, जसलाई यो विषयमा जानकारी छैन, उनीहरुका लागि यो जानकारी महत्वपूर्ण हुनेछ। त्यसैले यहाँ हामी तपाईंलाई त्यसको आवश्यक प्रक्रियाको बारेमा जानकारी दिँदै छौं ।

सबैभन्दा सुरुमा तपाईंको मोबाइलमा ‘भीएलसी मिडिया प्लेयर’ इन्स्टल गर्नुहोस् । त्यसपछि युट्युव खोलेर आफुले ब्याकग्राउण्डमा सुन्न चाहेको भिडियो चलाउनु होस ।

भिडियो खोलेसँगै उक्त भिडियोको तल तपाईंले ‘शेयर’ बटन देख्नुहुनेछ । त्यसमा क्लिक गर्नुहोस् । त्यहाँ तपाईंले विभिन्न विकल्पहरु देख्नुहुनेछ । त्यसमध्ये ‘भिएलसी मिडिया प्लेयर’ छनौट गर्नुहोस् ।

त्यसपछि तपाईंले चाहेको भिडियो ‘भीएलसी मिडिया प्लेयर’ मा बज्नेछ । त्यसपश्चात भीएलसी मिडिया प्लेयरको तल रहेको अप्सन बटनमा क्लिक गर्नुहोस । अप्सनमा ‘प्ले एस अडियो’ रहेको छ ।

योसँगै अब अडियो ब्याकग्राउण्डमा बज्न थाल्नेछ । तपाईंले मोबाइलको स्क्रिन लक गरेर पनि यसबाट युट्युवमा रहेका गीत सुन्न सक्नुहुनेछ । तर, यसबाट एकै पटक धेरै गितलाई छनौट गरेर ब्याकग्राउण्डमा बजाउन भने सक्नु हुनेछैन । तपाईंलाई अर्को गित सुन्न मन लागेको खण्डमा पुनः माथि उल्लेखित तरिका अपनाउनु पर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०