close

यी ५ प्रविधि, जो अबको वर्ष चर्चामा रहनेछन्

टेकपाना टेकपाना

पुस २२, २०७६ १०:५३

यी ५ प्रविधि, जो अबको वर्ष चर्चामा रहनेछन्

भर्खरै सन् २०१९ सकियो । गएको वर्ष क्लाउड कम्प्युटिङ, फाईभजी, साइबर सुरक्षा, फोल्डेवल डिभाइस, क्वान्टम कम्प्युटिङ जस्ता प्रविधि चर्चामा रहे । साथै चीन र अमेरिकाबिच देखिएको व्यापार युद्ध र ह्वावे माथिको अमेरिकी प्रतिबन्ध विषयले त झन् विश्वव्यापी बहश निम्त्यायो ।

अब सन् २०२० सुरु भएको छ । नयाँ वर्षको सुरुवातसँगै सूचना प्रविधिको विषयमा यस वर्ष कुन विषयले बढी चर्चा पाउला भन्ने विषयको आँकलन सुरु भइसकेको छ । प्रविधि विज्ञका अनुसार यो वर्ष बजार तताउने अपेक्षा गरिएका पाँच प्रविधि यसप्रकार रहेका छन्ः

इन्टेलको पीडादायी वर्ष

इन्टन्टेलका लागि अबको वर्ष थप पिडादायी हुनसक्नेछ । आफ्नो व्यवसायबाट फरक धारमा जान सक्ने अवस्थामा इन्टेल अझै तयार भइसकेको छैन । हालसम्म ल्यापटप कम्प्युटरको चिप निमार्ण गर्दै आएको इन्टेलका लागि सन् २०२० त्यति सहज नहुने अनुमान गरिएको छ । अन्य प्रतिस्पर्धी कम्पनीहरु थोरै मात्र नाफा राखेर काम गरिरहेका छन् ।

सिलकन र एएमडीका चिपसेट पछिल्लो सयम हाईइन्ड ल्यापटपमा प्रयोग हुन थालेका छन् । त्यसैले पनि यो वर्ष इन्टेलको व्यवसायमा ठूलो असर पर्नेछ । इन्टेलको व्यवसायमा आएको गिरावट सूचना प्रविधिको क्षेत्रमा यो वर्ष चर्चाको विषय हुनेछ ।

फाइभजी : फाइभजी व्यवसाय

fznor

यो वर्ष फाइभजीको व्यवसाय वृद्धि हुनेछ । फाइभजी स्मार्टफोनका साथै अन्य फाइभजी उपकरणले यो वर्ष स्थान पाउने छन् । ग्राहकले फाइभजीबाट धेरै अपेक्षा गर्ने स्थान नभएतापनि व्यवसायिक हिसावले फाईभजीको बजार विस्तार हुनेछ ।

आर्टिफिसियल इन्टीलिजेन्स : विस्तार र समस्या

आर्टिफिसियल इन्टीलिजेन्स (एआई) अर्थात कृतिम वौद्धिकता र मेसिन लर्निङको विकाशले यो वर्ष रफ्तार लिनेछ । यसको पहुँच हरेक क्षेत्रमा विस्तार हुनेछ । यसमा ग्राहकको सहभागिता बढ्नुका साथै डिजिटल रुपान्तरणमा समेत उल्लेख्य मद्दत पुर्‍याउने छ ।

एआई एण्ड एमएल डेभलपमेन्ट स्ट्राटेजी विषयमा गरिएको सर्वेक्षणमा सहभागी ५९ प्रतिशतले एआई प्रयोगमा ल्याउने बताएका छन् भने, अन्य कम्पनीले पनि एआई र एमएलमा काम गरिरहेको बताएका छन् । त्यतिमात्रै नभएर आईटी कम्पनीहरु एआई तथा एमएलमा ठूलो लगानी गरिरहेकाले पनि यो वर्ष एआई चर्चाको विषय हुनेछ ।

सुरक्षा र गोपनीयता

सन् २०१९ मा धेरै डाटा लिक भएका घटानाहरु बाहिरिए । त्यसको असर यो वर्ष पनि देखिन सक्छ । त्यसैले सेक्युरीटी अर्थात सुरक्षा यो वर्षपनि उत्तिकै महत्वपूर्ण विषय हुनेछ । इन्टरनेट अफ थिङ्स, फाइभजी डिभाइसको आगमनले पनि यो वर्ष सुरक्षा सरोकारलाई चर्चाको विषय बनाउनेछ । साथै सेक्युरीटी थ्रेट अर्थात इन्टरनेट दुनियामा हुने जोखिमहरु थप शक्तिशाली र घातक रुपमा विस्तार हुनसक्नेछन् ।

मल्टीक्लाउड विकासको निरन्तरता

सन् २०१९ पनि क्लाउड कम्प्युटिङको लागि उत्कृष्ट वर्ष रह्यो । त्यस्तै यो वर्ष पनि यसले निरन्तरता पाउनेछ । यो वर्ष अझ क्लाउडमा आधारित कम्प्युटिङको सही सदुपयोग भएको देख्न पाइने अपेक्षा गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०