close

यस्तो छ लिक भएको सामसङको स्मार्टफोन एस ट्वान्टी

टेकपाना टेकपाना

पुस २२, २०७६ १२:४

यस्तो छ लिक भएको सामसङको स्मार्टफोन एस ट्वान्टी

सामसङले आफ्नो अनप्याक्ड इभेन्टलाई फेब्रवरी ११ मा आयोजना गर्ने बताएको छ । उक्त इभेन्टमा सामसङका धेरै नयाँ उत्पादनहरु सार्वजनिक हुने अपेक्षा गरिएको छ । त्यसो त यो अनप्याक्ड इभेन्टको मिति घोषणा अघि नै सामसङको नयाँ आउन लागेको ग्यालेक्सी एस सिरिजको बारेमा थुप्रै कुराहरु बाहिरिएका छन् ।

सामसङले आफ्नो नयाँ एस सिरिजको एस इलाभेन र एस ट्वान्टी फोन ल्याउने कुरा बजारमा आएको छ ।
ग्यालेक्सी एस ट्वान्टी कस्तो देखिन्छ भन्ने कुरामा धेरैको चासो छ । ग्यालेक्सी एस ट्वान्टीमा बाहिरबाट देखिने गरी आएको सबैभन्दा ठूलो परिवर्तन भनेको यसको पछाडिपट्टी ठूलो आयाताकार रुपमा क्यामेरा बम्प रहेको छ । यसको अगाडिपट्टीको भाग भने हेर्दा नोट टेनजस्तै देखिन्छ । जसको डिस्प्लेमा एउटा सेन्टर होल पन्च रहेको छ ।

वानप्लस र गुगलले आफ्नो डिभाइसमा ९० हर्ज डिस्प्ले राखेर हाई रिफ्रेस रेट बनाएपछि सामसङले पनि एस ट्वान्टीमा १२० हजको डिस्प्ले राखेर वानप्लस र गुगलभन्दा अघि जान खोजेको छ । यससँगै सामसङको यो फोन राम्रा गेमिङ फोनहरुको रिफ्रेस रेटको बराबरीमा आउनेछ ।

ग्यालेक्सी एस ट्वान्टीको तीनओटै मोडलमा १२० हर्ज डिस्प्ले रहने बताइएको छ । बटर लगाएजस्तो स्मूथ युआई मन पराउने तर महंगा प्लस मोडल खरिद गर्न नसक्नेहरुका लागि पनि राम्रो समाचार रहेको छ । सामसङले ईमोनिकरलाई छाडेर ‘अल्ट्रा’ मोडल सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । यो फोनको लाइनअप ग्यालेक्सी एस ट्वान्टी, ग्यालेक्सी एस ट्वान्टी प्लस र ग्यालेक्सी एस ट्वान्टी अल्ट्रा रहने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०