close

गुगल क्रोम चलाउनु हुन्छ ? यी फिचर थाहा पाइराख्नुहोस्

टेकपाना टेकपाना

पुस २२, २०७६ १४:२५

गुगल क्रोम चलाउनु हुन्छ ? यी फिचर थाहा पाइराख्नुहोस्

सामान्य तरिकाले ट्याब स्विच गर्नुहोस्

तपाईले धेरैओटा ट्याब खोलेर राख्नु भएको छ ? एड्रेस बार भएको ठाउँबाट औँलालाई तेर्सो तर्फ स्लाइड गर्दै जानुहोस् त ! तपाई जुनकुनै साइटमा छिनभरमै पुग्न सक्नुहुन्छ ।

ट्याबको व्यवस्थापन

ट्याब व्यवस्थापनका लागि एड्रेसबारबाट तल पट्टी औँला लैजानुहोस् । त्यहाँबाट तपाई ट्याबको समग्र आकृति देख्नुहुनेछ । जसमा सबै ट्याबहरु कार्ड जसरी छुट्टै खुलेर बसेको पाउनुहुनेछ । त्यहाँबाट आफूलाई मन लागेको जुनसुकै ट्याबमा सजिलै छिर्न सक्नुहुनेछ ।

सबै ट्याब एकैपटक बन्द गर्न

तपाईले धेरैओटा ट्याबहरु खोल्नु भएको छ भने ती सबैलाई एकैपटक बन्द गर्न सक्नुहुन्छ । त्यसका लागि ट्याबलाई कार्ड जसरी देखाउने अघिकै स्थानमा जानुहोस् । अब एड्रेस बारको दायाँपट्टी रहेको तीन थोप्ला रहेको आइकनमा टच गर्नुहोस् । त्यहाँ सबै ट्याबहरुलाई बन्द गर्ने विकल्प फेला पार्नुहुनेछ ।

युआरएल कपि गर्न

मेन क्रोम मेनुभित्र ‘शेयर’ अप्सन छ, त्यसमा जानुहोस् । त्यहाँबाट ‘कपि टु क्लिपबोर्ड’ लाई छनौट गर्नुहोस् । त्यसपछि आफूलाई आवश्यक लागेको स्थानमा यूआरएल पेस्ट गर्न सक्नुहुन्छ । यो अलि लामो र झञ्जटिलो विकल्प हो । स्क्रिनको माथिल्लो मागमा रहेको एड्रेसबारमा ट्याप गरेर कपि आईकनमार्फत समेत यूआरएल कपी गर्न सक्नुहुन्छ ।

अफलाइन हेर्नका लागि पेज सेभ गर्न

तपाई इन्टरनेटको पहुँचबाट बाहिरिएपछि पनि केही लेख तथा समाचार अफलाइन गर्न चाहानुहुन्छ भने क्रोममा पेज सेभ गर्न सक्नुहुन्छ । वेब पेजमा हुनुहुन्छ भने माथी दायाँ भागमा रहेको तीन थोप्ला भएको स्थान अर्थात मेनुमा जानुहोस् । त्यसपछि सिरानीमा तलपट्टी देखाइरहेको तीर जस्तो डाउनलोड आइकनलाई दबाएर खुलिरहेको पेजलाई अफलाइनका लागि सेभ गर्न सक्नुहुनेछ । यही स्थानमा आएर तपाईंले अफलाइनका लागि सेभ गरेको पेज हेर्न समेत सक्नुहुनेछ ।

पेजलाई पीडीएफमा परिवर्तन गर्न

वेबपेजको अफलाइन कपिलाई थप स्थायी रुपमा जतन गर्न र सजिलै शेयर गर्न सकिने गरी क्रोममार्फत त्यसलाई पीडीएफमा सेभ गर्न पनि सक्नुहुन्छ । त्यसका लागि वेब पेज खोलेर क्रोमको मूख्य मेनुमा जानुहोस् ।
त्यहाँ रहेको सेयरमा क्लिक गरेर प्रिन्ट विकल्पमा जानुहोस ।

प्रिन्टर पीडीएफमा सेभ हुने गरी मिलाउनुहोस् । यदि तपाईले स्क्रिनको माथिल्लो भागमा कुनै अन्य प्रिन्टरको नाम देख्नु भयो भने त्यसलाई परिवर्तन गर्न त्यही स्थानमा थिच्नुहोस् । अन्यथा सेभ एज पीडीएफनै छ भने त्यत्तिकै रहन दिनुहोस् । त्यसपछि स्क्रिनको माथिल्लो दायाँ कुनामा निलो कलरको प्रिन्टरको आइकन दिइएको देख्नुहुनेछ ।

त्यसमा क्लिक गरेर पीडीएफ सेभ गर्न सक्नुहुनेछ । त्यो डक्युमेन्ट पछि तपाईले आफ्नो फोनको डाउनलोड एप वा फेभरेट एन्ड्रोएड फाइल म्यानेजर एपमा पाउन सक्नुहुनेछ ।

वेबपेज भित्रको अक्षर उपयोग गर्न

आफूलाई आवश्यक जानकारी ट्याप गरेकै भरमा उपलब्ध हुन सक्छ भने किन समय र ऊर्जा खेर फाल्ने ? तपाईले खोज्न चाहेको शब्द वेभपेजमा तपाईले कतै पाउनु भयो भने त्यसलाई औंलाले अलिक बेर दबाएर राख्नुहोस् । त्यसपछि त्यहाँ क्रोमले एउटा सानो मेनु पपअप गराउँछ । जसमा त्यसलाई वेभसर्च गर्ने वा अन्य कुनै एपमा शेयर गर्ने भन्ने विल्पहरु पाउनुहुनेछ ।

एड्रेस बारमै आवश्यक जानकारी

यस कार्यमा क्रोम एन्ड्रोइड ब्राउजरले तपाईलाई एड्रेसबारभित्रैबाट सघाउन सक्छ । तपाईलाई केही प्रश्नको उत्तर खोज्नु छ भने ब्राउजरको शिरानीमा रहेको एड्रेसबारमा टाइप गर्नुहोस् । क्रोमले तपाईलाई तत्काल गुगल सर्चमार्फत सही उत्तर दिनेछ ।

वेब पेजमा खोजेको शब्द फेला पार्न

ब्राउजरको मेन मेनु खोल्नुहोस् । त्यसबाट ‘फाइन्ड इन पेज’ सेलेक्ट गर्नुहोस् त्यसपछि आफूले चाहेको शब्द टाइप गर्नुहोस् । स्क्रिनको माथि शिरानीमा रहेको तलपट्टी देखाइएको धर्कोलाई ट्याप गर्नुहोस् । त्यही धर्कोले तपाईंले खोजेको शब्द एक पछि अर्को गर्दै देखाउनेछ । तर, स्क्रिनको दायाँ छेउमा भएको बारमा औँलाले तलमाथि गरेर आफूले खोजेको शब्द फेला पार्न सक्नुहुनेछ ।

मन लागेको ठाउँमा जुम गर्न

धेरै जसो वेबसाइटले तपाईंको मोबाइल फोनमा पेजलाई जुम गरेर ठूलो आकारमा हेर्ने सुविधा दिदैँनन् । यसकारण तपाईले आफ्नो इच्छा अनुसारको आकारमा वेबपेज हेर्न नपाइरहनभएको हुनसक्छ ।
तर क्रोमले तपाईलाई यस किसिमको समस्यामा सजता प्रदान गरेको छ । एपको सेटिङमा जानुहोस् र त्यहाँ रहेको ‘एक्सेसिबिलिटी’ मा प्रवेश गर्नुहोस् । जहाँ तपाईले ‘फोर्स इनेबल जुम’ को विकल्प पाउनुहुनेछ ।

साइटमा सजिलै पहुँच बनाइराख्न

तपाईंले धेरैजसो भिजिट गरिरहने साइट छ भने त्यस्ता साइटलाई आफ्नो होम स्क्रिनमा राखेर एकै पटकको ट्यापमा खोल्न सकिने बनाउन सक्नुहुन्छ । त्यसका लागि सम्बन्धित साइट खुला रहेको अवस्थामा मेनुमा रहेको ‘एड टु होम स्क्रिन’ लाई क्लिक गर्न सक्नुहुन्छ ।

कम डाटा खपतमै छिटो ब्राउज गर्न

तपाईलाई कम डाटा खपत गरेरै वेब पेजलाई छिटो लोड गराउन चाहनुहुन्छ भने क्रोमले लाइट मोड सुविधा पनि दिन्छ । यो बारे धेरैलाई थाहा नहुनसक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०