close

पूर्वाधार विस्तारमा सहकार्य गर्न टेलिकम र सडक विभागबीच समझदारी

टेकपाना टेकपाना

पुस २२, २०७६ १५:३२

पूर्वाधार विस्तारमा सहकार्य गर्न टेलिकम र सडक विभागबीच समझदारी

नेपाल टेलिकम र सडक विभागबीच सडक र दूरसञ्चार पूर्वाधार निर्माणका क्रममा सहकार्य गरी अगाडि बढ्ने समझदारी भएको छ । दुबै निकाबीच सहकार्य गर्ने गरी भएको समझदारी पत्रमा विभागका महानिर्देशक केशवकुमार शर्मा र टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गरेका छन् ।

विभागले द्रुत गतिमा देशभर सडक निर्माण तथा विस्तारको कार्य अगाडि बढाइरहेको छ । नेपाल टेलिकमले अत्यावश्यक सञ्चार सेवा मुलुकभर विस्तार गर्ने काम गरिरहेको छ । सडक निर्माण, सडक विस्तार, मर्मत सम्भार र सडक चौडा गर्ने क्रममा टेलिकमका दूरसञ्चार पूर्वाधारमा क्षति पुग्ने गरेको छ ।

पूर्वाधार निर्माणका क्रममा विद्यमान संरचनामा क्षति पुग्न नदिन तथा दोहोरो लगानी हुने गरी नयाँ पुर्वाधार निर्माण गर्ने उद्देश्यका साथ सहकार्य गरिएको जनाइएको छ । समझदारी अनुसार सडक विभागबाट सडक निर्माण तथा स्तरोन्नति गर्ने क्रममा नेपाल टेलिकमको अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न आवश्यक डक्टहरु बिछ्याइने छ ।

यस्ता डक्ट बिछ्याउनका लागि आवश्यक रकम सम्बन्धित आयोजनाको विस्तृत योजना र अनुमानित लागतका आधा।मा शिल कोटेशन तथा बोलपत्र बमोजिम निक्र्र्यौैल हुने दररेटमा टेलिकमले विभागलाई भुक्तानी गर्नेछ ।

सडक निर्माण तथा स्तरोन्नति गर्ने क्रममा टेलिकमको अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न आवश्यक डक्टहरु बिछ्याउन समझदारी पत्र र विद्यमान कानुनको अधिनमा रही सडक विभागको सम्बन्धित सडक डिभिजन तथा योजना कार्यालय र टेलिकमको सम्बन्धित कार्यालयबीच विस्तृत सम्झौता गरी कार्यान्वयन गरिने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०