close

यस्तो छ वानप्लसको क्यामेरा नै नदेखिने स्मार्टफोन कन्सेप्ट वान

टेकपाना टेकपाना

पुस २३, २०७६ १९:२४

यस्तो छ वानप्लसको क्यामेरा नै नदेखिने स्मार्टफोन कन्सेप्ट वान

चिनियाँ मोबाइल निर्माता कम्पनी वानप्लस कम्पनीले अन्ततः आफ्नो ‘कन्सेप्ट वान’ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले विश्वकै ठूलो सूचना प्रविधि मेला सीईएस २०२० मा उक्त स्मार्टफोन सार्वजनिक गरेको हो ।

प्रिमियम सहितको यो नयाँ फोनको सबैभन्दा रोचक विशेषता भनेको यसमा पछाडिपट्टी इनभिजिबल अर्थात नदेखिने क्यामेरा रहेको छ । कम्पनीले यो नयाँ स्मार्टफोन निर्माण गर्न रेसिङ कार निर्माणकर्ता कम्पनी म्याकलारेनसँग सहकार्य गरेको छ ।

यो अवधारणमा बनाइएको स्मार्टफोन चाँडै बजारमा ल्याउने जनाएको छ । स्मार्टफोनलाई सार्वजनिक गर्दै वानप्लसले म्याकलारेनको ७२० एस स्माइडर लक्जरी स्पोर्ट कारबाट आफूहरु प्रेरित भएको बताएको छ । उक्त कारमा इलेक्ट्रोक्रोमिक ग्लास प्यानलसहित रिट्र्याक्टेबल हार्डटप ग्ल्याज्ड रहेको छ ।

कम्पनीले कारमा प्रयोग भएको सोही इलेक्ट्रोक्रोमिक सिसा पछाडि पट्टीको प्यानलमा प्रयोग गरेको हो । कम्पनीले अदृश्य ‘ग्लास इफेक्ट’ बनाउन क्यामेरा लेन्स ढाक्न आफ्नो मौलिक ‘पार्टिकल’ प्रयोग गरेको छ ।
यो सिसा आफैमा पृथक किसिमको छ । यसले अपारदर्शी कालो कलरलाई ०.७ सेकेण्डमै पारदर्शी बनाउन सक्छ ।

क्यामेराका अलावा वानप्लसले उक्त स्मार्टफोनको अन्य कुनै पनि फिचर तथा स्पेसिफिकेसन खुलाएको छैन । यद्यपी बजारमा हाल उपलब्ध सम्पूर्ण उत्कृष्ट फिचरहरुको प्याकेज सहित यो फोन आउने अपेक्षा गर्न सकिन्छ । डिजाइनको कुरा गर्दा यो फोनको पछाडि भागमा म्याकलारेनको सिग्नेचर पपैया ओरेन्ज कलर रहेको छ । यो फोन फ्रोम अल्मुनियम अलोयबाट बनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०