close

फायरफक्सको अपडेटमा ट्र्याक हुनबाट जोगाउने फिचर

टेकपाना टेकपाना

पुस २४, २०७६ १९:१

फायरफक्सको अपडेटमा ट्र्याक हुनबाट जोगाउने फिचर

मोजिल्लाले आफ्नो नयाँ फायरफक्स ७२ सार्वजनिक गरेको छ । यो नयाँ भर्सनमा उसले थप क्रस साइट ट्रयाकिङबाट जोगाउने फिचर ल्याएको छ ।

जसले झञ्जटिलो नोटिफिकेसन रिक्वेस्ट पपअप, फ्लोटिङ भिडियो विण्डोको जवाफ दिने गर्छ । साथै यसले टेलिमेट्री डेटा डिलिट गर्न भनेर आउने अनुरोधलाई पनि नियन्त्रण गर्छ ।

केही वेबसाइटहरुको आफ्नो ट्राफिक बढाउन अनावश्यक नोटिफिकेसन पठाउने कार्यलाई पनि यो भर्सनले गतिलो उत्तर दिन्छ । ९७ प्रतिशत प्रयोगकर्ताहरुले यस्ता रिक्वेस्टलाई वेवास्ता गर्ने थाहा पाएपछि मोजिल्लाले यस्तो रिक्वेस्टहरु हाइड गरिदिएको हो ।

अब त्यस्ता नोटिफिकेसनहरु पपअप हुनुको साटो एड्रेस बारमा ‘स्पिच बबल’ को रुपमा देखा पर्नेछन् । गुगलले पनि यसै साता आफ्नो क्रोम ८० मा त्यस्तै प्रकारको फिचर राख्ने घोषणा गरेको थियो । क्रोम ८० अर्को महिना सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

वेबसाइटमार्फत प्रयोगकर्ताहरुलाई ट्रयाक गतिविधिलाई समेत फायरफक्सले गतिलो जवाफ दिएको छ । यो भर्सन ब्राउज गर्दा प्रयोगकर्ताको फिंगरप्रिन्टिङ, प्रयोगकर्ताको संकलन हुनसक्ने विभिन्न क्यारेक्टरहरु, डिभाइसको जानकारी (स्क्रिन साइज, ओपरेटिङ सिस्टम र प्रयोगकर्ताले इन्स्टल गरेको फन्ट) ट्रयाक हुनसक्ने सम्पूर्ण गतिविधिलाई समेत यसले ब्लक गर्नेछ ।

फायरफक्स ७२ को यस्तो फिचरले प्रयोगकर्ताको डिभाइसको प्रोपर्टीलाई जाभास्क्रिप्ट प्रयोग गरेर निगरानी गर्ने थर्ड पार्टी वेबसाइटहरुको प्रवृतिलाई रोकथाम गर्नेछ । साथै आईपी एड्रेस वा प्रयोगकर्ताको युजर एजेन्ट हेडर जस्ता नेटवर्क रिक्वेस्टहरुमा खुलाइएका प्रयागकर्ताका सूचना लिनलाई पनि यसले रोक्नेछ ।

फायरफक्स ७२ को एउटा अर्को फिचर भनेको यसमा पिक्चर इन पिक्चर भिडियो रहेको छ । जसले प्रयोगकर्तालाई फ्लोटिङ विण्डो भिडियो खोल्न सुविधा दिनेछ । जसलाई प्रयोगकर्ताले कामको दौरान पनि आनन्दले हेर्न सक्छन् ।

म्याक र लिनक्समा यो फिचर फायरफक्स ७२ मा पाइन्छ भने विण्डोमा यो फायरफक्स ७१ म उपलब्ध छ । साथै मोजिल्लाले फायरफक्स ७२ मा एउटा नियन्त्रण राख्ने बताएको छ । जसबाट प्रयोगकर्ताहरुले मोजिल्लालाई आफ्नो टेलिमेट्री डिलिट गर्न आग्रह गर्नसक्नेछ ।

त्यसो त मोजिल्लाले यो कन्ट्रोल सेटिङमा कहाँनिर छ भनेर बताएको त छैन । तर यसले विश्वभरीका आफ्ना प्रयोगकर्ताहरुको लागि यो सुविधा खुल्ला गर्ने घोषणा भने गरेको छ ।
एजेन्सीबाट

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०