close

महंगा फोनमै नपाइने फिचर सहितको सस्तो स्मार्टफोन ल्याउँदै टीसीएल

टेकपाना टेकपाना

पुस २५, २०७६ १२:४४

महंगा फोनमै नपाइने फिचर सहितको सस्तो स्मार्टफोन ल्याउँदै टीसीएल

महंगो फोनको तुलनामा सस्तो स्मार्टफोनमा धेरैको रुची छ । एनपीडी ग्रुपले गत महिना जारी गरेको रिपोर्ट अनुसार १० प्रतिशतभन्दा कम मानिसहरु मात्र हजार डलरको फोन किन्ने गर्छन् ।

त्यसैले त गुगल, एप्पल, सामसङ जस्ता कम्पनीहरुले पनि २०१९ मा आफ्नो हाइएण्ड स्मार्टफोनका सस्तो भर्सनहरु बजारमा ल्याए । अब यी कम्पनीका महंगा फोनलाई चुनौति दिन टीसीएलले पनि टीसीएल टेन सिरिजको स्मार्टफोन बजारमा ल्याउने तयरी गरेको छ ।

सार्वजनिक हुँदा यसको मूल्य पाँच सय अमेरिकी डलर अर्थात ५६ हजार रुपैयाँ पर्ने अनुमान गरिएको छ । टीसीएलले आफ्नो फोनबारे सबै विवरणहरु विस्तृत रुपमा खुलाएको त छैन । तर, कम्पनीले यो फोन तीन भेरियन्ट टीसीएल टेन प्रो, टीसीएल टेन एल र टीसीएल फाइभजीमा उपलब्ध हुने जानकारी भने दिएको छ ।

टेन प्रो फोन यो भर्सनको फ्ल्यागसिप फोन हुने बताइएको छ । टीसीएल टेन एल भने बजेट फोन हुने जनाइएको छ । यस्तै फाइभजी फोन भने फाइभजी प्रविधिमा चल्ने किसिमको हुने बताइएको छ ।
कम्पनीले स्मार्टफोन सार्वजनिक हुने समय निश्चित गरिसकेको छैन ।

तर टीसीएल टेन प्रो फोन क्यानडा र अमेरिकामा २०२० को दोस्रो चौमासिकमा आउने बताइएको छ । टीसीएल टेन प्रो सस्तो मूल्यको बावजूद यसले हाइएण्ड मोबाइल फोनहरुसँग समेत प्रतिस्पर्धा गर्नसक्ने बताइएको छ ।

यसले हजार डलरको आईफोन ११ प्रो र नौ सय डलरको सामसङ ग्यालेक्सी एस टेन दुबै फोनहरुसँग प्रतिस्पर्धा गर्नसक्ने आँकलन गरिएको छ । यसमा कर्भ्ड डिजाइन सहित बोडरलेस एमोलेड स्क्रिन रहेको छ ।
यसमा आर ओटा रियर क्यामेरा सेटअप, फेसियल रिकग्निसन र इन डिस्प्ले फिंगरप्रिन्ट रिडर रहेको छ ।

यसको स्क्रिनमा फिंगरप्रिन्ट स्क्यानर र चार क्यामेरा एप्पलको महंगो आईफोनमा समेत पाउन सकिँदैन ।
सामसङको एस टेन फाइभजीमा चारओटा क्यामेरा र इन डिस्प्ले फिंगरप्रिन्ट रिचर रहेको छ । तर त्यसको मूल्य भने १३ सय अमेरिकी डलर रहेको छ । टीसीएल टेन प्रोमा हेडफोन ज्याक पनि रहेको छ । जुन आजको समयमा फोनको एकदमै दुर्लभ गुण हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०