close

सामसङको आउँदै गरेको फोल्डेवल फोनको नाम ‘ग्यालेक्सी ब्लुम’ !

टेकपाना टेकपाना

पुस २५, २०७६ १६:४८

सामसङको आउँदै गरेको फोल्डेवल फोनको नाम ‘ग्यालेक्सी ब्लुम’ !

दक्षीण कोरियाबाट गत वर्ष प्रकाशित एक रिपोर्टले सामसङको आगामी फोल्डेबल फोनको नाम ब्लुम हुने दाबी गरेको थियो । अहिले भर्खरै फेरी अर्को रिपोर्ट प्रकाशित भएको छ जसले ब्लुम वास्तवमा फोनको मार्केटिङ नाम हुने जनाएको छ । 

अमेरिकाको लसभेगासमा जारी विश्वकै ठूलो सूचना प्रविधि मेला सीईएसका दौरान सामसङले साझेदार तथा बिक्रेतासँ भएको गोप्य बै‌ठकमा उक्त फोन सोकेसमा राखिएको थियो । बैठकका क्रममा देखाइएको उक्त फोनको नाम ग्यालेक्सी ब्लुम रहेको बताइएको छ । ग्यालेक्सी ब्लुमको डिजाइन मोटोरोला रेजरकै जस्तो देखिने फोल्डिङ डिजाइन रहेको छ ।

सामसङले यो पनि प्रष्ट पारेको छ कि गत वर्षको सफलतम स्मार्टफोन ग्यालेक्सी एस टेन ग्यालेक्सी एस ट्वान्टीको रुपमा आउनेछ । ग्यालेक्सी एस ट्वान्टी सिरिजमा समेत ग्यालेक्सी एस ट्वान्टी प्लस र ग्यालेक्सी एस ट्वान्टी अल्ट्रा मोडेलहरु रहनेछन् । 

ग्यालेक्सी एस ट्वान्टी र ग्यालेक्सी ब्लुम दुबै फोनमा फोरके सम्मको भिडियो रेकर्डिङ गर्न सकिने १०८ मेगापिक्सेलको प्राइमरी क्यामेरा सेन्सर रहेको छ । सामसङले ग्यालेक्सी एस ट्वान्टी सिरिजका फोनहरु आगामी ११ फेब्रुअरीमा हुने कार्यक्रममाझ औपचारिक रुपमा सार्वजनिक गर्ने बताइएको छ । सान फ्रान्सिस्कोमा हुने सोही कार्यक्रममा ग्यालेक्सी ब्लुम समेत सार्वजनिक हुने अपेक्षा गरिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०